अघोषित रुपमा सिरहाका पसलहरु खुल्न थाले 

  • जेठ २४, २०७७
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी / जिवछ उदासी

लहान, जेठ २४ गते । सिरहा जिल्लाका विभिन्न सहरी क्षेत्रका पसलहरु अघोषित रुपमा खुल्न थालेका छन् । लामो बन्दाबन्दीले उकुसमुकुस भएका व्यापारीहरुले उद्योग वाणिज्य संघ सिरहा लहानको पहलमा पसलहरु खोल्न थालेका हुन् ।

जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष अशोकलाल आमात्यले व्यापारीहरुको बढ्दो गुनासोका कारण आलोपालो गरी पसल खोल्न पहल गरे लगतै पसलहरु खोल्न थालेका छन् । किराना पसलहरु पहिलेदेखि नै साझ विहान खुल्दै आएपनि कपडा, सुनचँदी, कस्मेटिक लगायतका पसलहरु समेत खुलेका छन् ।

लहान नगरप्रमुख मुनि साहले पसलहरु खुल्न थालेपछि भीड बढे ठूलो जोखिमता आउन सक्नेतर्फ समेत सचेत गराउदै जनहितमा जारी सूचनाहरुलाई ध्यानमा राखेर पसल संचालन गर्नुपर्ने भन्दै लहानको तरकारी बजार, माछा मासु बजार, पुरानो बजार र नयाँ बजारमा हुन सक्ने भीडलाई ध्यानमा राख्न समेत महासंघ सचेत  हुनुपर्ने बताउनुभयो ।

लहान १ का स्थानीय मुकेश चौधरीका अनुसार एक जना पनि कोरोना संक्रमित नभएको अवस्थामा पूर्ण बन्दाबन्दी रहयो, यतिवेला लहानमा नै ८ जना र जिल्ला भरीमा ४७ जना सङ्क्रमित हुँदा पुरै पसल खुल्नुले उत्साहभन्दा त्रास बढेको छ । बजार खुलेपछि जति गरेपनि सामजिक दुरीको पालना र सबैले मास्कको प्रयोग नगर्ने निश्चित छ । 

लहान नगरपालिका स्वास्थ्य शाखा प्रमुख राम सुन्दर यादले बजार पुरै खुल्नु भीड हुनुले जोखिमता बढ्न सक्ने भएकोले यसप्रति सरोकारवालाहरु सचेत हुनु आवश्यक रहेको बताउनु भयो ।

सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाइले लामो बन्दाबन्दीले जिल्लाका व्यापारीहरु उकुसमुकुस भइरहेको अवस्थामा प्रहरी प्रशासनले पसल खोल्न कुनै अनुमति नदिएको भन्दै पसल खोलिएकै कारण भीडभाड बढ्ने हो भने फेरि कुनै वेला पनि बन्द हुन सक्ने जानकारी दिनुभयो ।  

 

 

 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A