राजदेवी जाने पक्की सडक निर्माण कार्य प्रारम्भ

  • जेठ २४, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी/फिरोज सिद्दिकी

लहान, जेठ २४ गते । लहान नगरपालिका १५ ढोडनामा रहेको धार्मिक पर्यटकीय क्षेत्र पञ्चावती राजदेवी मन्दिर जाने पक्की सडकको निर्माण कार्य प्रारम्भ भएको छ ।

लहान नगरप्रमुख मुनि साहले खुटी पारी लहान १८ भदैयादेखि लहान १५ स्थित राजदेवी मन्दिरसम्मको साढे चार किलोमिटर पक्की सडक निर्माण कार्यको शिलान्यास गर्दै प्रारम्भ गरेको हो ।

103053765_299624771061322_3531890786966918248_n copy

शिलान्यास गर्दै प्रमुख साहले भन्नुभयो, ‘पक्क्ी सडक निर्माणले राजदेवी मन्दिरमा आउने जाने धार्मिक पर्यटकहरुको लागि मात्रै सहज नभएर उत्तरी भेगको विकासमा समेत कोसे ढुङगा सावित हुनेछ । ग्रामीण र शहरी क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर सबै योजनाहरु प्रारम्भ भैसकेका छन् । आफ्नो कार्यकालमा वाचा गरेका ९० प्रतिशत कामहरु पुरा गर्नेगरी अघि बढिरहेका छौ । प्रदेश र संघीय सरकारले सहयोग गरे बाँकी दस प्रतिशत काम पनि पुरा गर्न नगरपालिका प्रयासरत रहेको छ ।’

उहाँले यस सडक निर्माण कार्यको लागि ६ करोडमा टेण्डर लागेको भन्दै यसलाई गुणस्तरीय र समयमै सम्पन्न गर्न लहान १५ का वडाध्यक्ष तेज नारायण चौधरी र लहान १८ का वडाध्यक्ष मो. सम्शेर लगायत स्थानीयवासीहरु सहयोग र अनुगमन दुवै गर्न समेत आग्रह गर्नुभयो ।   

102671875_252571649341812_6293432839447050212_n

 

लहानको दुर्गा पूजामा ...

लहान । सिरहाको लहानस्थित दुर्गा पूजा परिसरमा अघोरीको अन ...

१०१ किलो लडु चढाएर ...

  जीवछ उदासी  असोज ३१ गते  लहान नगरपा ...

झिझिया नृत्यमा ‘डायन ...

लहान, सिरहा। लहानमा दुर्गापूजाका अवसरमा आयोजित धार्मिक ...

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A