राजदेवी जाने पक्की सडक निर्माण कार्य प्रारम्भ

  • जेठ २४, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी/फिरोज सिद्दिकी

लहान, जेठ २४ गते । लहान नगरपालिका १५ ढोडनामा रहेको धार्मिक पर्यटकीय क्षेत्र पञ्चावती राजदेवी मन्दिर जाने पक्की सडकको निर्माण कार्य प्रारम्भ भएको छ ।

लहान नगरप्रमुख मुनि साहले खुटी पारी लहान १८ भदैयादेखि लहान १५ स्थित राजदेवी मन्दिरसम्मको साढे चार किलोमिटर पक्की सडक निर्माण कार्यको शिलान्यास गर्दै प्रारम्भ गरेको हो ।

103053765_299624771061322_3531890786966918248_n copy

शिलान्यास गर्दै प्रमुख साहले भन्नुभयो, ‘पक्क्ी सडक निर्माणले राजदेवी मन्दिरमा आउने जाने धार्मिक पर्यटकहरुको लागि मात्रै सहज नभएर उत्तरी भेगको विकासमा समेत कोसे ढुङगा सावित हुनेछ । ग्रामीण र शहरी क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर सबै योजनाहरु प्रारम्भ भैसकेका छन् । आफ्नो कार्यकालमा वाचा गरेका ९० प्रतिशत कामहरु पुरा गर्नेगरी अघि बढिरहेका छौ । प्रदेश र संघीय सरकारले सहयोग गरे बाँकी दस प्रतिशत काम पनि पुरा गर्न नगरपालिका प्रयासरत रहेको छ ।’

उहाँले यस सडक निर्माण कार्यको लागि ६ करोडमा टेण्डर लागेको भन्दै यसलाई गुणस्तरीय र समयमै सम्पन्न गर्न लहान १५ का वडाध्यक्ष तेज नारायण चौधरी र लहान १८ का वडाध्यक्ष मो. सम्शेर लगायत स्थानीयवासीहरु सहयोग र अनुगमन दुवै गर्न समेत आग्रह गर्नुभयो ।   

102671875_252571649341812_6293432839447050212_n

 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A