नेपाल मौसमः चक्रवात निसर्गको प्रभावले भइरहेको वर्षा शनिवार दिउँसोदेखि कम हुने

  • जेठ २४, २०७७
  • समृद्धिपथ

काठमाडौं । गत बुधवार दिउँसो अरब सागरबाट पश्चिम भारतको मुम्बई नजिकैबाट प्रवेश गरेको शक्तिशाली चक्रवात निसर्ग उत्तरपूर्वतिर सर्दै नेपाली भूभागमा आइपुग्दा एउटा कमजोर न्यून चापीय प्रणालीमा परिवर्तन भएको मौसम पूर्वानुमान शाखाका मौसमविद्ले जानकारी दिएका छन्।

मौसमविद् मीनकुमार अर्यालका अनुसार प्रदेश नं १, २ र वाग्मती प्रदेशमा वर्षा भएको छ। “यो प्रणाली आजै (शनिवार)बाटै कमजोर हुँदै जानेछ। भोलिसम्ममा मध्य र पूर्वी क्षेत्रबाट पनि यसको प्रभाव हट्नेछ,“ उनले भने। अब अविरल वर्षा हुन छाडेर रोकिँदै वर्षा हुन सक्ने उनले बताए।

बाढीको जोखिम कति?

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले नेपालमा स्थानीय वायु, पश्चिमी वायु र अरब सागरमा विकसित समुद्री आँधी निसर्ग कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। त्यसका कारण शनिवार पनि नेपालभरि नै बदली भएको छ।

प्रदेश नं १, २ र वाग्मती प्रदेशमा मध्यम स्तरसम्मको वर्षा हुने र अन्य प्रदेशमा थोरै वर्षा हुने बताइएको छ।
बाढीको जोखिमबारे विभागले शुक्रवार र शनिवार दिएका जानकारीअनुसार कन्काई, कोशी, कमला, वाग्मती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव केही बढ्ने तर सतर्कताको स्तरभन्दा तलै रहने छ।

त्यस्तै प्रदेश नं १, २, वाग्मती प्रदेश र प्रदेश नं ५ को पूर्वी भाग भई बग्ने साना नदीमा बहाव बढ्ने, अनि केहीमा आकस्मिक बहाव हुन सक्ने भन्दै उसले तटीय क्षेत्रमा सतर्क रहन भनेको छ।

“लगातार पानी परिरहेको बेलामा बाढीबारे सचेत त हुनैपर्छ,“ मौसमविद् अर्यालले बताए।


नेपालमा मनसुन कहिले सुरु हुन्छ?

अहिले नेपालभित्र मनसुन वा बर्खे झरी गराउने बादल प्रवेश भइसकेको छैन। सामान्यतया नेपालमा जेठ २८ को हाराहारीमा मनसुनी प्रणालीको प्रवेश हुनेगर्छ। यसपालि दक्षिण भारतको केरला राज्यमा मनसुन प्रणाली विकसित हुन थालेको बताइन्छ।

“नेपालमा सम्भवतः अझै हप्ता १० दिनपछि मात्र मनसुन प्रणाली विकसित हुने देखिन्छ,“ अर्यालले भने। उनका अनुसार यहाँ मनसुन प्रणाली विकसित हुन बङ्गालको खाडीमा पहिला केही आवश्यक प्रणाली बन्नुपर्छ।

“त्यहाँ केही मापदण्ड पुगेपछि अनि हामीकहाँ विभिन्न क्षेत्रमा रहेका वर्षा नाप्ने स्टेशनहरूले वर्षाको प्रवृत्तिबारे विवरण दिएपछि मात्र हामीले यहाँ मनसुन प्रवेशबारे निर्क्योल गरेर बताउन सक्नेछौँ,“ उनले भने।

झन्डै तीन–चार महिनासम्म रहने मनसुनमा नेपालको अधिकांश खेतीपाती निर्भर हुने गर्छ। (विवीसी नेपालीबाट)

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A