समृद्धिपथ समाचारदाता
लहान जेठ २५ गते । लहान नगरपालिकाको आइतबार सम्पन्न कार्यपालिका बैठकले छैठो नगरसभा असार १० गते हुने निर्णय गरेका छन् ।
समृद्धिपथ दैनिकसँग कुरा गर्दै लहान नगरप्रमुख मुनि साहले भन्नुभयो, असार १० गते सम्पन्न हुने नगरसभाले लहानको समृद्धि र विकासको लागि अघिसारीसकेको योजनाहरुलाई सम्पन्न गर्नेगरी अघि बढ्ने छ । समयमा नै नरसभा सम्पन्न गरेर समयमै विकासका गतिविधिहरु अघि बढाउन नगरसभा गर्न लागिएको हो । लहान नगरपालिका देशकै सबैभन्दा ठूलो २४ वटा वडा भएको नगरपालिका भएपनि क्षेत्रफल र जनसंख्याको आधारमा चाहिने बजेट संघ र प्रदेश सरकारबाट उपलब्ध नभएपनि लहान नगरपालिकाले आफ्नै श्रोत र साधन परिचालन गरेर लक्ष्यप्राप्तिको लागि अघि बढिरहेको छ ।
पाँचौ नगरसभाबाट पारित नगरसभा हल निर्माण,खुटी नहर संचालन,महिला विद्यालय निर्माण,दलित एकिकृत वस्ती निर्माण,बस पार्क संचालन,शिक्षा, कृषि , स्वास्थ्य र पशु कार्यक्रमहरुलाई प्राथमिकता दिएको प्रमुख साहले भन्दै छैठो नगरसभाले बाँकी योजनाहरु पूरा गर्न नगरसभाबाट अघि बढ्ने जानकारी दिनुभयो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A