रौतहट, २६ जेठ । रौतहटमा कोरोना संक्रमितको संख्या ४ सय नाघेको छ । आज थप ११ जनामा संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या ४ सय १० पुगेको हो । आज संक्रमण पुष्टि भएका सबैजना हालसालै भारतका विभिन्न सहरबाट रौतहट आएका नेपालीहरु रहेका छन् ।
संक्रमितहरु मध्ये परोहा नगरपालिकाकाका ५ जना, गढीमाइ नगपालिकाका ४, इशनाथ नगरपलिकाका १ जना र गौर नगरपालिकाका १ जना प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार आज संक्रमण पुष्टि भएका सबै स्थानीय पालिकाहरुको क्वारेन्टाइनमा रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार सोमबार दिउँसोसम्म जिल्लाका विभिन्न स्थानीय तहमा रहेका क्वारेन्टाइनमा ७ हजार ७ सय ७ जना रहेका छन् । जसमध्ये ७ हजार ३ सय ९३ पुरुष र ३ सय १४ महिला रहेका छन् ।
त्यसैगरी क्वारेन्टाइनबाट घर फर्कनेको संख्या २ हजार ४ सय ९२ रहेको छ । जिल्लामा अझै भारतमा रहेका करिब १५ हजार बढि जिल्लावासी घर फर्कने स्थानीय प्रशासनको अनुमान रहेको छ ।
जिल्लामा अझैपनि ४ हजार ६३४ स्वाव परीक्षणको रिर्पोट आउने क्रम जारी रहेकाले संक्रमितको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A