रौतहटमा संक्रमितको संख्या ४ सय नाघ्यो

  • जेठ २६, २०७७
  • समृद्धिपथ
alt

रौतहट, २६ जेठ । रौतहटमा कोरोना संक्रमितको संख्या ४ सय नाघेको छ । आज थप ११ जनामा संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या ४ सय १० पुगेको हो । आज संक्रमण पुष्टि भएका सबैजना हालसालै भारतका विभिन्न सहरबाट रौतहट आएका नेपालीहरु रहेका छन् ।

संक्रमितहरु मध्ये परोहा नगरपालिकाकाका ५ जना, गढीमाइ नगपालिकाका ४, इशनाथ नगरपलिकाका १ जना र गौर नगरपालिकाका १ जना प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार आज संक्रमण पुष्टि भएका सबै स्थानीय पालिकाहरुको क्वारेन्टाइनमा रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार सोमबार दिउँसोसम्म जिल्लाका विभिन्न स्थानीय तहमा रहेका क्वारेन्टाइनमा ७ हजार ७ सय ७ जना रहेका छन् । जसमध्ये ७ हजार ३ सय ९३ पुरुष र ३ सय १४ महिला रहेका छन् ।

त्यसैगरी क्वारेन्टाइनबाट घर फर्कनेको संख्या २ हजार ४ सय ९२ रहेको छ । जिल्लामा अझै भारतमा रहेका करिब १५ हजार बढि जिल्लावासी घर फर्कने स्थानीय प्रशासनको अनुमान रहेको छ ।

जिल्लामा अझैपनि ४ हजार ६३४ स्वाव परीक्षणको रिर्पोट आउने क्रम जारी रहेकाले संक्रमितको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

गुठी र बिटौरी जग्गा ...

लहान । सिराहामा गुठी तथा बिटौरी जग्गा फुकुवा प्रक्रिया ...

चाडपर्व लक्षित ट्राफ ...

फिरोज सिद्दिकी  लहान, ६ कात्तिक। जिल्ला ट्राफिक प ...

लहान नगरपालिका–७ को ...

लहान, सिरहा । सिरहाको लहान नगरपालिका वडा नम्बर ७ को नवन ...

लहानको दुर्गा पूजामा ...

लहान । सिरहाको लहानस्थित दुर्गा पूजा परिसरमा अघोरीको अन ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A