जिवछ उदासी
लहान,जेठ २६ गते । लहान नगरपालिका ११ नम्बर वडा कार्यालय भवन निर्माण कार्यको सोमबार नगरप्रमुख मुनि साहले शिलान्यास गर्नु भएको छ ।
लहान नगरपालिकाले २०७६÷७७ मा पाँचौ नगरसभाले यस वर्ष चार वटा वडा कार्यालय भवन निर्माणको लागि विनियोजित गरेको एक करोड बजेट अन्तर्गत ११ नम्बर वडा कार्यालय भवन निर्माणको लागि २५ लाख विनियोजित गरेको हो ।
लहान नगरप्रमुख मुनि साहले शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो,लहान नगरपालिकामा १० वटा वडाहरुमा वडा कार्यालय छैन । यस वर्ष चार वटा कार्यालयहरु निर्माणको लागि एक करोड रकम विनियोजन गरिएको छ । ११ नम्वर वडामा आज शिलान्यास भएको छ भने बाँकी तीनवटा वडाहरुमा निर्माण कार्यकोको लागि गृहकार्य भइरहेको छ ।
लहान ११ पडरियामा हरेक योजनाहरु पारदर्शी र जनसहभागिताको सिद्यान्तलाई ध्यानमा राखेर राम्रोसँग योजनाहरु सम्पन्न भइरहेको प्रमुख साहले भन्दै यस वडामा विद्यालयको लागि जग्गाको लागि दाता तयार भए नगरपालिकाले पक्की भवन निर्माण गरिदिने बताउनुभयो ।
भवनको शिलान्यास कार्यक्रममा उपप्रमुख सरियार चौधरी, वडाध्यक्ष राज कुमार साह,नेकपा प्रदेश २ का सदस्यहरु क्रमशः राजेन्द्र प्रसाद चौधरी र मागैन कामैत र नेकपा नगर अध्यक्ष खडग नारायण चौधरी नेकपा जिल्ला कमिटि सदस्य राजेन्द्र साह, विष्णुलाल साह र अशेश्वर यादवको समेत उपस्थिति थियो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A