सामाजिक दुरीको पालना नै नगरी बजार खुलेपछि संक्रमणको त्रास

  • जेठ २७, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी 

लहान। केहि दिन यता लकडाउनलाई खुकुल्लो पारेकोले बजारमा अत्यधिक भीड देखिन थालेको छ ।

सामाजिक दुरीको पालना न गरी भइरहेको भीडले कोरोना संक्रमण बढ्न सक्ने स्वास्थ्यकर्मीहरुले चिन्ता व्यक्त गर्न थालेको हो । 

लहानमा शुक्रबार लागेको तरकारी बजार र माछा बजारमा भएको भीडले ठूलो जोखिम आउन सक्छ ठम्याएर लहान वडा न ५ का वडाअध्यक्ष सुलेमान अन्सारीले मंगलबार वडास्तरीय निर्णय गरी शुक्रबार र सोमबार लाग्ने लहानको हाट बजारमा भीड भाड नगरी सामाजिक दुरीको पालना र अनिवार्य मास्क लगाएर मात्रै आउन जनहितमा जारी सूचना प्रकाशित गरेको बताउनुभयो । 

लकडाउनले व्यापारीहरु ठूलो मारमा परेको भन्दै भद्र अवज्ञा गरी बजारका पसलहरु आलोपालो गरी खोल्न जिल्ला उद्योग बाणिज्य संघ सिरहा लहानले पसल खोल्न निर्णय गरेपछि लहान बजार पूर्ण रुपमा खुलेपनि प्रमुख जिल्ला अधिकारी सरोज गुरागाइको उपसिथितिमा सामाजिक दुरीको पालना र मास्क अनिवार्य लागाएर पसल खोल्ने र समान खरिद बिक्री गर्न आउनेहरुलाई समेत सचेत गर्ने शर्तको पालना हुन नसकेको देखिएको छ ।

लहान नगरपालिका स्वास्थ्य शाखा प्रमुख राम सुन्दर यादवको अनुसार सोमबार बजारमा देखिएको भीड, लहान स्थित विभिन्न वित्तिय संस्था र नेपाल बैंक लिमिटेडमा देखिएको भीडले कोरोना नियणत्रण लहानमा जोखिम हुन सक्ने बताउनुभयो ।लहानको जेएस मुरारका स्थित क्वाराइनटाइन र पडरिया क्वाराइनटाइनमा गरी फेरि सात जनाको आरडिटी जाँचमा पोजिटिभ देखिएकोछ । 

यता लहान नगरप्रमुख मुनि साहसँग बजारमा देखिएको भीडबारे जिज्ञासा राख्दा उहाँले भन्नुभयो, ‘लहान नगरपालिका, प्रहरी प्रशासनले लकडाउनको पालना गराउन कुनै कसरत बाँकी राखेन । लकडाउन खुकुल्लो भएपछि देखिएको भीडलाई नियणत्रण गर्न सामजिक दुरीको पालना गर्न र मास्कको अनिवार्य प्रयोग गरी घर वाहिर निस्कन २४ वटै वडाहरुलाई पुनः सचेत गराएको छ । लहान नगरवासीहरुले समेत जनहितमा जारी सूचनाहरुलाई पालना गरी सुरक्षित रुपमा गतिविधि अघि बढाउन लहान नगरपालिकाले आग्रह गर्दछ ।’ 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A