जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

  • जेठ २८, २०७७
  • समृद्धिपथ
alt

सिरहा । जबरजस्ती करणी गरेको आरोपमा सिरहा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । गाउँकै एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा कल्याणपुर नगरपालिका ४ महोलियाका २२ वर्षीय हैदर मियाँलाई मिर्चैया प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका मियाँलाई आजै जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत सिरहामा दर्ता भई थप अनुसन्धान सुरु गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी विनोद घिमिरेले जानकारी दिए । घरमा सुतिरहेको अवस्थामा आइतबार राती भित्र पसि मियाँले युवतीको मुख छोपेर जबरजस्ती करणी गरेको युवतीको भनाई उद्रित गर्दै प्रहरीले बताएको छ । 

घटना आइतबारै भएपनि स्थानीयको दवावमा गाउँमै मिलाउने कोशिस भएको थियो । भोलिपल्ट अबेरमात्र प्रहरीले सूचना पाएको थियो । प्रहरीले सूचना पाउनासाथ युवकलाई नियन्त्रणमा लिई आवश्यक प्रक्रिया पुरा गरेको छ । प्रहरीले युवती र युवक दुवैको स्वास्थ्य परीक्षण गरिसकेको जानकारी दिएको छ ।

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A