मास्कको प्रयोग र सामाजिक दुरीको पालना नगरे कारवाही हुने

  • जेठ ३०, २०७७
  • समृद्धिपथ
alt

विहान १० वजेदेखि साँझ ६ बजेसम्म बजार खुल्ला रहने

जिवछ उदासी 

लहान ।  केहि दिन यता लहान बजारका पसलहरु खुल्दा देखिएको भीडले कोरोना सङ्क्रमण वढ्न सक्ने सरोकारवाला निकायहरुले दिएको सुझावलाई ध्यानमा राखेर जनहितमा जारी सूचना र सामाजिक दुरी कायम नगरे कारवाही हुने निर्णय भएको लहान नगरपालिकाले जनाएको छ ।

लहान नगरपालिका नगरप्रमुख मुनि साहको कक्षमा वसेको शुक्रबारको बैठकले लहानमा लाग्ने सोमबार र शुक्रबारे हटियाको दिन लाग्ने भीडलाई नियणत्रण गर्न तरकारी र माछा बजारमा अनिवार्य मास्क लगाएको हुनुपर्ने, सामाजिक दुरीमा रहि खरिद बिक्री गर्नुपर्ने, लहानको मुख्य चोकदेखि दक्षिण लाग्ने तरकारी बजार पशुपति माध्यमिक विद्यालयको उत्तरपटिको नयाँ सडकदेखि ६५ फिट जाने  सडकमा लाग्ने, आपको खरिद विक्री पशुपति माध्यमिक विद्यालयको चौरमा लाग्ने, बजारमा आएकाहरुले सार्वजानिक स्थलहरुमा गरिएको पानी र स्यानिटाइजरले हात धुने, पसलहरु विहान १० वजेदेखि ६ बजेसम्म खुल्ला रहने निर्णय भएको लहान नगरप्रमुख मुनि साहले जानकारी दिनुभयो ।

लहान स्वास्थ्य शाखाका प्रमुख राम सुन्दर यादवका अनुसार लहानको शुक्रबार र सोमबार लाग्ने तरकारी बजार, विभिन्न पसलहरुमा देखिएको भीड र शुक्रबार विद्युत कार्यालय लहानमा विद्युत महसुल तीर्न आउने ग्राहकहरुको भीडले कोरोना सङ्क्रमण सर्न सकिने खतरा बढेको छ । सरोकारवाला निकायहरु वेलैमा सचेत नभए लहानको लागि ठूलो जोखिम मोल्नुपर्ने अवस्था आउन सक्ने छ । बैठकमा इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरद थापा क्षेत्री, उद्योग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष अशोकलाल आमात्य सशस्त्र प्रहरी, इलाका प्रशासन लहानका प्रमुख र लहान नगरपालिका प्रशासकीय प्रमुख खेमनन्दन भूषलको उपस्थिति रहेको थियो । 

 

     

 

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A