राजाजी स्थान जाने ट्राक खोल्ने नगरप्रमुख साहको प्रतिवद्धता

  • जेठ ३१, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी

लहान, जेठ ३१ गते । लहान १६ नम्बर वडामा रहेको ऐतिहासिक धार्मिक स्थल रजाजी जाने ट्राक खोल्ने प्रतिवद्धता लहान नगरप्रमुख मुनि साहले व्यक्त गर्नु भएको छ ।

तरेगना खोला माथि रहेको पहाड र जंगलको दुई घण्टा हिडेर पुग्ने राजाजी देव स्थल सम्मको बाटो (ट्राक) खोलि दिन तरेगनाका स्थानीहरुले माग गर्न थालेपछि शनिबार लहान नगरप्रमुख साह वन डिभिजन कार्यालय लहानका प्रमुख सुभाष चन्द्र दाससँग शनिबार तरेगना पुग्नु भएको थियो ।

स्थानीयहरुसँगको छलफलमा वन डिभिजन कार्यालय लहानका प्रमुख दासले ट्राक खोल्नु आपति छैन तर एउटापनि रुख काट्न मिल्दैन । रुख काट्नुभयो भने वन नीति विपरित हुन जान्छ, हामी कानुन अनुसार कार्वाही गर्न वाध्य हुनेछौ ।

स्थानीय गोविन्द यादव,पुष्कल ढुंगाना र देवेन्द्र यादवले रुख नकाटेर पनि गोरेटो बाटो खनेर ट्राक खोलि दिए राजाजी मन्दिर जान सहज हुने बाताउनुभयो । असार १ गते राजाजी मन्दिरमा असारे पूजामा स्थानीयहरु त्याहा जाँदा ठूलो सास्ती खेप्नु परिरहेको छ । पाँच सय वर्ष पहिले बनेको राजाजीको मन्दिरको प्रभावले स्थानीयहरुलाई कुनै संकट आइपर्दा संकटबाट जोगिने भएकोले यसलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न र यसको महिमा विस्तार गर्न लहान नगरपालिकाले ध्यान दिनुपर्ने स्थानीयहरुले माग गरेका थिए । 

राजाजी जाने ट्राक खोलाइ छाडने  विश्वास दिलाउदै नगरप्रमुख साहले  भन्नुभयो,‘लहानको उत्तरी भेगमा सडक, खानेपानीको मूख्य समस्यालाई ध्यानमा राखेर काम गरिरहेको छ । गत वर्ष लहान १५ मा खानेपानीको ओभर ट्याङकी निर्माण, यस वर्ष मूतनी खोलाको खोल्सीमा ढलान निर्माण, राजदेवी मन्दिरसम्म जाने पक्की सडक निर्माण, लहान १७ मुतनी खोलामा पूल निर्माण लगायतका अन्य विकास निर्माणको कामलाई प्राथमिकता दिई अघि बढिरहेका छौ ।’ 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A