शाहिद अफ्रिदी कोरोनाबाट संक्रमित

  • जेठ ३२, २०७७
  • समृद्धिपथ
alt

एजेन्सी । पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदीलाई कोरोनभाइरसको संक्रमण भएको छ।

अफ्रिदीले आफूलाई कोडिभ(१९ को परीक्षणमा पोजेटिभ देखिएको ट्‌विटरमार्फत शनिबार सार्वजनिक गरेका हुन्।

४० वर्षीय अफ्रिदी गत बिहीबारदेखि बिरामी परेका थिए।

अफ्रिदी कोरोनाबाट संक्रमित हुने पाकिस्तानका दोस्रो अन्तर्राष्ट्रिय खेलाडी हुन्। यसअघि पूर्व क्रिकेटर तौफिक उमरलाई पनि कोरोनाको संक्रमण भएको थियो। उमर कोरोनामुक्त भइसकेका छन्।

‘गत बिहीबारदेखि अस्वस्थ थिएँ। शरीरले अर्कै प्रतिक्रिया दिएको थियो। मैले परीक्षण गरेँ। दुर्भाग्यवस कोभिडको पोजेटिभ नतिजा आयो। चाडै निको हुने प्रार्थना गर्छु,’ अफ्रिदीले ट्‌विटरमा लेखेका छन्।

क्रिकेटबाट संन्यास लिइसकेका अफ्रिदी पछिल्लो समय पाकिस्तानमा कोरोनाबाट प्रभावितलाई राहत बाढ्न सक्रिय थिए।

अफ्रिदीले सन् १९९६ मा पाकिस्तानी टिममा डेब्यू गरेका थिए। उनले पाकिस्तानका लागि २७ टेस्ट, २९८ एकदिवसीय र ९९ टी-२० खेले।

झिझिया नृत्यमा ‘डायन ...

लहान, सिरहा। लहानमा दुर्गापूजाका अवसरमा आयोजित धार्मिक ...

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A