जिवछ उदासी
लहान नगरपालिकाको १९ कटहा देखि लहान नगरपालिका हरिनगरा जाने ग्राभेल सडकमा कल्भर्ट निर्माण कार्य आइतबारदेखि सुरु भएको छ ।
लहान नगरपालिकाका उपप्रमुख सरियार कुमारी चौधरी र नेकपाका केन्द्रिय सदस्य गंगा प्रसाद यादवले संयुक्त रुपमा कल्भर्ट निर्माण कार्यको शिलान्ययास गर्नुभयो ।
शिलान्यास कार्यक्रममा केन्द्रिय सदस्य यादवले भन्नुभयो,काम पक्का हुनुपर्छ, उपभोक्ता समितिलाई स्थानीयहरुले पनि सहयोग गरेर निगरानी समेत गर्नुपरयो । यो सडक निर्माण गरेर लहान नगरपालिकाले सराहनीय काम त गरेकै थियो,यसमा कल्भर्ट निर्माण गरेर सडक झन दीगो हुने भयो ।
लहान नगरउपप्रमुख चौधरीले लहान नगरपालिकाको नगर योजनाबाट निर्माण हुन लागेको कल्भर्टलाई तीव्र गतिमा बलियो र टिकाउ हुने गरी सम्पन्न गर्न उपभोक्ता समितिले पारदर्शी भएर काम गर्न गर्नुपर्ने सल्लाह दिनुभयो ।
उपभोक्ता समितिका अध्यक्ष राम दयाल महतो, लहान २० का वडा सदस्य सिमिल महतो,लहान १९ का निमित्त वडाध्यक्ष घुरन यादव,नेकपाका नेता राज कुमार यादव, राम अधिन यादव , जितेन्द्र साह लगायत स्थानीयहरुको समेत उपस्थिति थियो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A