जिवछ यादव
लहान, जेठ ३२ गते । लहानका युवाहरुले नेपाल सरकारले संविधान संशोधन गरेर लिम्पियाधुरा, लेपुलेक र कालापानी नेपालमा रहेको नक्सा पारित गरेर गौरव गर्ने कार्य गरेको भन्दै लहानको शहिद चोकमा आइतबार साँझ दिपावली गरेका छन् ।
राष्ट्रियताको लागि इतिहासमा पहिलो पटक सबै दलहरुले एकता देखाएर राम्रो सन्देस दिएको भन्दै नेपालको नयाँ नक्सा सडकमा बनाएर मैनवत्ती बालेर दिपाली गरेका युवाहरुले राष्ट्रियगान गाएका थिए ।
सयौको संख्यामा स्वर्तफूर्त रुपमा भेला भएर राष्ट्रिय झण्डा लिएर सामजिक दूरी समेत कायम गरी युवाहरुले गरेको दिपावली कार्यक्रमबाट हामी कुनै विचारको पक्षधर भएपनि राष्ट्रियताको लागि एक हुने लिम्पियाधुरा, लेपुलेक र कालापानी फिर्ता गराउन नेपाल सरकारले कूटनैतिक र वार्ताको माध्यमबाट अघि बढ्नुपर्छ युवा विधार्थी जिेतेनद्र यादवले भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको हिम्मत र सहासको समेत सराहना गर्नुभयो ।
जेठ ३१ गतेको दिन नेपालकै इतिहासमा महत्पूर्ण दिन सावित हुने युवाहरुले भन्दै यस्तो गौरव गर्ने दिनमा संसद भवनमा उपस्थित नभई विभिन्न वाहाना बनाउने सांसदहरु नेपाली जनताको नजरमा गिरेको तर्क गर्दै राष्ट्रियता र विकासको लागि युवाहरु जागरण आएको छोटो मन्तव्य समेत राखेका थिए ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A