प्रधानमन्त्री रोजगारी कार्यक्रममा महिलाहरुले पाए रोजगारी

  • असार १, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी

लहान । लहान नगरपालिकाको ६ नम्बर वडाले सुरु गरेको प्रधानमन्त्री रोजगारी कार्यक्रममा ९९ प्रतिशतभन्दा बढी महिलाहरुले रोजगारी पाएका छन्  । रोजगारी पाएका महिलाहरु उत्सुकभई सडक निर्माण कार्यमा लागेका हुन् । 

लहान वडानम्वर ६ का वडाधयक्ष अरुण केसी भन्नुहुन्छ, महिलाहरुले सडक खन्न सक्छ भने लागेको थिएन । २२ जना छनौट भएको प्रधानमन्त्री रोजगारी कार्यक्रममा एक जना पुरुष मात्रै सहभागी भएपनि पुरुषले गर्न नसक्ने काम महिलाहरुले गरेर देखाई दिएका छन् । कोदालोले माटो काटेर नाला सहित सडक निर्माण कार्य सन्तुष्ट रुपमा भइरहेको छ । 

प्रतिदिन सात सयको दरले काम गरिरहेको २२ जना महिलाले २० दिनमा वडा नम्बर ६ का विभिन्न सडकहरु खनेर निर्माण गरि दिनेमा आफू ढुक्क रहेको वडाधयक्ष केसीले खुसी व्यक्त गर्नुभयो ।

लहान नगरपालिका प्रमुख मुनि साहले लहान नगरपालिकाको २४ वडामधये १४ वडामा प्रधनमन्त्री रोजगारी कार्यक्रमको लागि छनौट भएकोमा अहिले लहान नगरपालिका ६ नम्वरले सुरु गरिसकेको छ भने अन्य वडाहरु तयारीको अवस्थामा छ । ६ नम्बर वडामा राम्रेसँग महिलाहरुले काम गरिरहेकोले अन्य वडामा समेत महिला सहभगितालाई नै प्राथमिकता दिने बताउदै यसले काम पनि हुने, रोजगारी पनि हुने भएकोले सामाजिक दुरीमा राखेर लकडाउनमा समस्या भोगिरहेका सहरका गरीव दलित मजदुर महिलाहरुले रोजगारी पाएकोमा प्रधानमन्त्री रोजगारी कार्यक्रमबाट साना सडक निर्माण, सरसफाई र वृक्षारोपण कार्यक्रमलाई प्राथमिकता दिइने जानकारी दिनुभयो ।

महिलाहरुलाई रोजगारी दिएर लहान नगरपालिकाले राम्रो गरेको कामदार मजदुर महिला राम कुमारी पासवानले भन्दै लकडाउनको वेला समस्यामा परेका परिवारहरुको लागि ठूलो सहयोग भएको बताउनुभयो ।  

                             
 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A