सामजिक न्याय र समृद्धि दुबै आवश्यक ः नगरप्रमुख साह

  • असार १, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी 
 लहान, असार १ गते । लहान नगरप्रमुख मुनि साहले सामाजिक न्यायको अभावमा समृद्धिको सपना सकार हुन नसक्ने बताउनु भएको छ । 
सामाजिक नयाय सम्बन्धी मेलमिलापको लागि अभिकर्ताहरुलाई  दुई दिने गोष्ठीलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । 
 लहान नगरपालिकाको सबै वडामा सामजिक मेलमिलाप अभिकार्ताहरुलाई सशक्त बनाएर ठाँउको ठाँउ मेलमिलापको माध्यमबाट न्याय दिलाउन दुई दिने गोष्ठी कोसे ढाुंगा सबित हुने प्रमुख साहले भन्दै यसको लागि अभिककार्ताहरुमा कानुनी र व्यावहारिक ज्ञान हुनु आवश्यक रहेको बताउनुभयो । 
 लहान नगरपालिकाको भूगोल र जाति बनोट हेर्दा मधेशी, पहाडे, दलित, जनजाति, मुश्लिम र अन्य समुदायहरुको बसोबास रहेको  सामाजमा सामाजिक एकताको लागि अभिकर्ताहरुले तालिमबाट प्राप्त गर्ने ज्ञान सीपलाई प्रयोग गर्न उहाँले सबैमा आग्रह गर्नुभयो । 
 अभिकार्ताहरुलाई दुई दिने प्रशिक्षण लहान नगरपालिकाका कानुनी सल्लाहकार अभिवक्ता प्रमोद भट्टराई, न्यायिक समितिका सदस्य देव शरण पण्डित र लहान नगरपालिकाका प्रशासकीय प्रमुख खेमनन्दन भूषलले समेत शुभकामना मन्तव्य सहित प्रशिक्षण दिनु भएको थियो । 

 अभिकर्ता राजेन्द्र साह र पविना सिंहले समाजिक मेलमिलापको लागि कानुनी र मनोसमाजिक ज्ञान सीपलाई समाजमा मेलमिलाप गर्न विगतका तालिमहरु र यस तालिमले समेत निकै सहयोग हुने आशा व्यक्त गर्नुभयो ।  

 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A