न सामाजिक दुरीको पालना न मास्कको प्रयोग के भइरहेको छ लहानमा ?

  • असार ४, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी

लहान । कारोना माहामारीबाट जोगिन सामाजिक दुरीको पालना मास्कको प्रयोग गर्नुपर्छ जनहितमा जारी सूचनाहरु गुञ्जिरहेपनि लहानवासीलाई यसले कुनै प्रभाव पार्न सकेको छैन । पसल र हाट बजार क्षेत्रमा देखिएको भीडले कहि लहानमा कोरोना सङ्क्रमण बढने त होइन भने चिन्ता स्थानीयहरुमा बढेका छन् ।

लहान १ को मुख्य चोकमा लाग्ने तरकारी बजार र आँपको बजारमा विहान वेलुका देखिने भीडलाई केहि दिन यता प्रहरीहरुले पनि हेरेर नहेरेको जस्तो गरेर निस्क्रियता देखाउन थालेको शिक्षक गंगा प्रसाद यादव भन्नुहुन्छ, केहि दिन पहिले मोटरसाइकलको साँचो खोस्ने प्रहरी अहिले भीड हेरेर किन मुखदर्शक भएको होला ? यस्तो चिन्ता शिक्षक गंगा प्रसाद यादवको मात्रै नभएर धेरैको छ ।

समृद्धिपथका अध्यक्ष शंकार प्रसाद गुप्ता भन्नुहुन्छ, जतिवेला एक जना पनि सङ्क्रमित थिएन त्यतिवेला चोकमा प्रहरीको कडा गस्ती हुन्थ्यो । प्रहरीलाई हेर्नेवित्तिकै भीड तितरवितर हुन्थ्यो । अहिले त सङ्क्रमण हवातै बढेपछि झन् खुकुल्लो भयो किन यस्तो भइरहेको छ ? विहान वेलुकाको भीडले लहान उच्च जोखिमममा रहेको सहजै बझ्न सकिन्छ ।


लहान नगरपालिका स्वास्थ्य शाखाका प्रमुख राम सुन्दर यादवका अनुसार लहानमा जे भइरहेको छ, त्यो ठिक होइन, सरकारले सामाजिक दुरीको पालना र अनिवार्य मास्कको प्रयोग गर्न जनहितमा सूचना नै जारी गरेर सचेत गराएको छ । सरकारको आग्रहलाई वेवास्ता गर्नु ठिक होइन । भीडले सङ्क्रमण बढ्न सक्ने भएकोले सम्वन्धित सरोकारवाला निकायहरुले नियणत्रण गर्न अग्रसरता देखाउनु परयो ।

lahanma n samajik duri n mask ko prayog.2 photo
इलाका प्रशासन कार्यालय लहानका प्रमुख डा. कृष्ण घिमिरे भन्नुहुन्छ, स्थानीय हाटबजार संचालन नियणत्रण स्थानीय सरकारको अधिकारको विषय भएकोले लहान नगरपालिकाले नियणत्रण गर्न प्रहरी प्रशासनको आवश्यक्ता महसुस गरेका प्रहरी प्रशासनबाट सहयोग हुनेछ ।

यता लहान नगरप्रमुख मुनि साहका अनुसार लहान नगरपालिकाले एक सत्ता अगाडिदेखि नै बजारभरि माइकिङग गरेर तरकारी बजार पशुपति माविको उत्तरपटिको सडकमा सामाजिक दुरीमा रहेर लगाउन र आँपको खरिद विक्री पशुपति माविको खुलला मैदानमा लगाउन गरिएको सार्वजनिक सूचनालाई वेवास्ता गरिरहेकोले यसबारे लहान नगरपालिका फेरि प्रहरी प्रशासन र सारेकारवालाहरुसँग छलफल गरि भीड नियणत्रण गरिने समाजिक दुरीको पालना र मास्कको प्रयोग नगर्नेलाई कारवाही समेत गर्न नगरपालिका गृहकार्य गरिरहेको छ ।

 

 

 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A