जिवछ उदासी
लहान, असार ६ गते । लहान १५ शोभापुरका दलित मुशहर समुदाय दलितलाई माया गर्ने मेयर मुनि साह पटक पटक यस बस्तीमा गरीवका पीडा बुझ्ने गर्नु भएको भन्दै चुनावको वेला गरेको प्रतिवद्धता पुरा गर्न लाग्नु भएको मेयर साहको कार्यशैली प्रशंसनीय रहेको खुसी व्यक्त गरेका छन् ।
शनिबार नगरपालिका क्षेत्रमा नियमित भ्रमण अवलोकन नियमित गर्नुहुने लहान नगरपालिकाका मेयर साह शोभापुरका दलित वस्तीमा पुगेर दुख सुखका कुरा गर्ने क्रममा त्यस वस्तीका दलति समुदायहरुले यस्तो भाव पोखेका हुन् ।
७० वर्षिय सकली देवी सदाय बस्तीमा मेयर साहलाई देख्ने वित्तिकै भन्नुभयो, यस वस्तीका दलितहरु मुतनी खोलाको फोहोर पानी खाएर जनावर जस्तो जीवन विताउँथे । मुनि साह चुनावको वेला यस वस्तीमा गरेको खाने पानीको प्रतिवद्धता पुरा गरेर गरीव दलितको कल्याण गर्नुभयो । वचनको पकका मेयर सहाव यस गाँउको समस्या समाधान गरेर यस वस्तीको प्यारो मेयर बन्नु भएको छ ।

गत वर्ष ६० घरपरिवारको लागि खानेपानी र सामुदायिक भवन निर्माण गरि दिएर मेयर साह यसु वस्तीलाई निकै माया गरेको पोषण सदायले भन्दै जनप्रतिनिधिहरु जितेर गएपछि कहिलेपनि फर्केर आउदैन्थे तर मेयर सहाव पटक पटक यस बस्तीमा आएर हाम्रो समस्या सुनेर सामाधान गरि रहनु भएको छ ।
नगरप्रमुख साहले त्यस वस्तीबारे छोटोमा भन्नुभयो, यस बस्तीका मुसहर समुदायको आनी वानी बोली वचनले मलाई निकै प्रभाव पारेको छ । कति मिठो बोल्छन् ? सरसफाई पनि कति राम्रो ? अरु मुसहर समुदायको वस्तीपनि यस्तै होस् मेरो चाहना छ । शोभापुर गाँउबाट निस्केपछि मुख्य सडकमा जोडनेगरी श्रमदान गरेर सडक निर्माण गरी रहेका मुसहर समुदायको साठी घरका सबैलाई एक दिनको रोजी दिने भनेपछि दलित समुदाय मेयरको कुरा सुनेर हुरुक्कै भए । मेयर यस्तो हुनुपर्छ वर्षमा दुई तीनपटक गरीव बस्तीमा आएर दुख सुखका कुरा गर्छन । विकासको लागि सहयोग गर्छन ।
शनिबार वाहेक नियमित लहान नगरपालिकामा विहान १० बजेदेखि वेलुकासम्म जनताको काममा व्यस्त रहनु हुने मेयर साह शनिवार पनि आराम नगरी विकास निर्माणको अनुगमन दलित गरीव बस्तीको दौडाहा गरेर सुन्दर र समृद्ध लहान बनाउन कटिवद्ध रहेको नेकपा जिल्ला कमिटि सदस्य विष्णुलाल साहले मेरको कार्यशैलीप्रति खुसी व्यक्त गर्नुभयो ।

लहान १५ का स्थानीय रौदी चौधरी र मुङगा लाल चौधरीले मेयर साह कम बोलेर बढी गर्ने नेता हुनुहुन्छ । बचन दिएपछि पुरा गरेर देखाउनु हुन्छ । हतपत प्रतिवद्धता गर्नुहुन्न गरेपछि जसरी पनि पुरा गर्ने स्वभाव हामीलाई झनै मन परेको छ ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A