ओम प्रकाशलाई ज्यान मार्न प्रयास गर्ने युवाहरु फरार

  • असार ७, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
लहान, असार ७ गते । सप्तरी सुरङाा नगरपालिका –४ कदमाहाका२९ वर्षिय ओम प्रकाश मण्डललाई गएको विहिबार ४ गते राती त्यहि गाँउका स्थानीय सात जना युवाहरुले अपहरणको शैलीमा राती ११ बजेतिर गाँउको पश्चिमपटिको खेतमा लगेर ज्यान मार्न प्रयास गरेका थिए । घट्नामा संलग्न सातै जना अहिले फरार भएका छन् ।


आइतबार ओम प्रकाशका पिता लक्ष्मी मण्डलले आफनै घरमा पत्रकार सम्मेलन गरी ज्यान मार्ने प्रयास गरेका सातै जना युवाहरुलाई प्रहरीले पक्राउ गरी कारवाही गर्नुपर्ने माग गर्नु भएको हो ।


उहाँको अनुसार विहिबार राती ११ बजेतिर त्यहि गाँउका २१ वर्षिय ऋषि सिंहले ओम प्रकाशलाई बोलाइर गाँउको दक्षिणपटि बोलाएर दाई मसँग हिडनु न म शौच गर्न जान्छु भनियो । ऋषिले गरेको आग्रह अनुसार घरदेखि दक्षिण केहि पर पुगेपछि ऋषिका साथीहरु आदित्य चौधरी,रञ्जित ठाकुर,प्रभु चौधरी,भगवानदेव चौधरी,मुकेश चौधरी रमेश चौधरी आएर ओम प्रकाशको मुख थुनि दिएर गाँउभन्दा पश्चिम लगेर सातै जनाले मुक्का र लातले पिट्दा पिटदै मरिसकयो भनेर खेतमा टाउको गाडि दिएका थिए । २ बजेतिर ओम प्रकाशलाई अलि होस आएपछि नाङै वेहोस अवस्थामा घर आएका थिए ।


सुरुङगा नगरपालिकाका नगरप्रमुख मुक्ति चौधरी पनि त्यहि गाँउको भएकोले राती नै उहाँलाई सबै घट्नाबारे जानकारी गराँउदा नगरप्रमुखले पहिले उपचार गराएर ज्यान जोगाउन दिएको सल्लाह अनुसार लहान स्थित सप्तऋषि अस्पतालमा भर्ना गराए । अवस्थामा सुधार नआएपछि बिराटनगर स्थित न्युरो अस्पतालमा चेक जाँच गराएर एकलाख भन्दा बढीको जाँच औषधी भयो । आइतबार घर ल्याएको छोरा ओम प्रकाश अझैपनि मुख खोल्न नसकोको पिता लक्ष्मी मण्डलले पीडा पोख्दै मेरो छोरासँग त्यहि सातै जना युवाहरुले १५ दिन पहिले समान्य वादविवादमा कि त मोटर साइकलले ठक्कर दिएर मारि दिन्छु कि त पिटदा पिट्दा पटिदै ज्यान नै मारि दिने धम्की दिएपनि यसलाई समान्य रुपमा लिएर प्रहरीमा निवेदन नदिएको बताउनुभयो ।


विडी चुरोट गुटका केहि सेवन नगर्ने ओम प्रकाश यस गाँउका सबभन्दा सोझो र भलादमी युवक खेतिपाती र आफ्नो काम बाहेक मतलबै नराख्ने स्वाभावको रहेको स्थानीयहरुले भन्दै यस घटनामा संलग्न सातै जना युवकहरुमाथि कडा कानुनी कार्वाही हुनुपर्ने माग गरेका छन् ।


यता इलाका प्रहरी कार्यालय कडोरबोनाका प्रहरी निरिक्षक राम राजा केशरीसँग घट्नाबारे जिज्ञासा राख्दा जानकारी भएपछि प्रहरी पुग्दा घट्नामा संलग्न सातै जना युवकहरु फरार भएका थिए । लागु औषधको सेवन गर्ने सातै जना युवकहरुको हुलिया समेत जानकारी भैसककेोले जाहेरी निवेदन आउनासाथ मुद्दा चलाउने र जहाँ लुकेर बसेपनि नियणत्रणमा लिइने बताउदै यस भेगमा यस प्रकृतिको यस्तो घट्ना यस वर्ष पहिलो नै भएको जानकारी दिनुभयो ।

देशका विभिन्न क्षेत् ...

सिरहा। वैशाख १६ गते बुधबार देशका विभिन्न प्रदेशका जिल्ल ...

गोलबजारको ‘सडक बजार’ ...

सिरहा, वैशाख १५ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर ...

भूतपूर्व सांसद सिंहक ...

जीवछ उदासी लहान,बैशाख १२ गते सिरहा निर्वाचन क्षेत्र नम ...

सिरहा कारागारभित्र प ...

सिरहा । सिरहा कारागारभित्र फेरि एकपटक गम्भीर विवाद उत्प ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A