फिरोज सिद्दिकी
लहान । डा सीके राउत नेतृत्वको जनमत पार्टीको जनवर्गीय संगठन विद्यार्थी जनमत संघले सरकारको विरोध गर्दै सोमबार सिरहाको लहानमा प्रदर्शन गरेका छन् ।
केपी ओली नेतृत्वको सरकारले मधेश विरोधी निर्णय गरेको भन्दै विजसंघले लहानमा नरा जुलुस गर्दै प्रदर्शन गरेका हुन् ।
विद्यार्थी जनमत संघ सिरहाका जिल्ला अध्यक्ष अरविन्द सहनीको नेतृत्वमा निकालिएको विरोध प्रदर्शन नश्लवादी र विभेदकारी नागरिकता प्रावधान मधेशमा स्वीकार्य न हुने भन्दै सरकारको विरोध गर्दै चर्को नारा लगाएका थिए ।
अंगीकृत नागरिकता प्रावधान खारिद गर, नश्लवादी र विभेदकारी नागरिकता प्रवधान खारिज गर, नागरिकता प्रावधानको विरुद्धमा हामी मधेशी एक हौं, मधेशीको अधिकार सुनिश्चित गर भन्ने नारासहित प्रदर्शन गरेका थिए ।
विदेशी बुहारीलाई ७ वर्षपछि मात्र नागरिकता दिने व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै मधेशका जिल्लाहरुमा विरोध प्रदर्शन हुने गरेका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतले पास गरेको उक्त व्यवस्था मधेशी जनताको हितमा नरहेको भन्दै उक्त व्यवस्था हटाउन माग गर्दै संघले विरोध प्रदर्शन गरेको विद्यार्थी नेता अरविन्द सहनीले जनकारी दिनुभयो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A