नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो " मंगलबार मात्रै पाँच सय ३८ जनामा संक्रमण पुष्टि"

  • असार ९, २०७७
  • समृद्धिपथ
alt

काठमाडौं । नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १० हजार ९९ पुगेको छ। मंगलबार पाँच सय ३८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। जसमध्ये ९० जना महिला र चार सय ४८ जना पुरुष रहेका छन्।

यसैगरी नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको निधन भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार मृतक दैलेख, दुल्लुनगर नगरपालिका३ का ४५ वर्षिय पुरूष हुन्। ती पुरुषको असार ८ गते साढे ९ बजे सुर्खेत प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचारका क्रममा निधन भएको हो र उनमा क्षयरोग तथा दमको सवास्थ्य समस्या थियो । उनलाई असार ३ गते दुल्लु अस्पताल दैलेखबाट उपचारकालागि प्रादेशिक अस्पताल सुर्खेतमा रिफर गरिएको थियो। असार ३ गते नै उनको स्वाब परीक्षणकालागि नमुना संकलन गरि प्रयोगशालामा पठाइएको थियो। सो परीक्षणमा उनमा कोरोना संक्रमणको पुष्टि असार ४ गते भएको हो। योसँगै नेपालमा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या २४ जना पुगेको छ।

पछिल्लो २४ घण्टामा कोरोना मुक्त भई डिस्चार्ज हुनेको संख्या ७६ रहेको छ। यसरी नेपालमा हालसम्म कोरोना निको भई डिस्चार्ज हुनेको संख्या २ हजार २२४ जना रहेको छ।

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A