नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो " मंगलबार मात्रै पाँच सय ३८ जनामा संक्रमण पुष्टि"

  • असार ९, २०७७
  • समृद्धिपथ
alt

काठमाडौं । नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १० हजार ९९ पुगेको छ। मंगलबार पाँच सय ३८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। जसमध्ये ९० जना महिला र चार सय ४८ जना पुरुष रहेका छन्।

यसैगरी नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको निधन भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार मृतक दैलेख, दुल्लुनगर नगरपालिका३ का ४५ वर्षिय पुरूष हुन्। ती पुरुषको असार ८ गते साढे ९ बजे सुर्खेत प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचारका क्रममा निधन भएको हो र उनमा क्षयरोग तथा दमको सवास्थ्य समस्या थियो । उनलाई असार ३ गते दुल्लु अस्पताल दैलेखबाट उपचारकालागि प्रादेशिक अस्पताल सुर्खेतमा रिफर गरिएको थियो। असार ३ गते नै उनको स्वाब परीक्षणकालागि नमुना संकलन गरि प्रयोगशालामा पठाइएको थियो। सो परीक्षणमा उनमा कोरोना संक्रमणको पुष्टि असार ४ गते भएको हो। योसँगै नेपालमा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या २४ जना पुगेको छ।

पछिल्लो २४ घण्टामा कोरोना मुक्त भई डिस्चार्ज हुनेको संख्या ७६ रहेको छ। यसरी नेपालमा हालसम्म कोरोना निको भई डिस्चार्ज हुनेको संख्या २ हजार २२४ जना रहेको छ।

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A