फिरोज सिद्दिकी
लहान । विदेशी बुहारीलाई ७ वर्षपछि मात्र नागरिकता दिने व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै सिरहाको लहानमा विरोध प्रदर्शन भएको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतले पास गरेको उक्त व्यवस्था मधेशी जनताको हकमा नरहेको भन्दै उक्त व्यवस्था हटाउन माग गर्दै जनता समाजवादी पार्टी (सजपा)ले विरोध प्रदर्शन गरेको हो ।
७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने गरेको निर्णयले नेपाल भारतबीच रहँदै आएको रोटी बेटीको सम्बन्धमा खल्ल पु¥याउने भन्दै नागरिकता संशोधन विधेयक खारेज गर्न माग गर्दै जसपा लहान कमिटिले विरोध गरेका छन् ।
तत्कालिन राजपाका नगर अध्यक्ष मो. आलमको नेतृत्वमा निकालिएको विरोध र्याली राममन्दिर चोकदेखि पुरानो बजार हुदै शहिद चौकमा गएर कोणसभामा परिणत भएको थियो । र्यालीमा विभिन्न नारासहित प्लेकार्ड बोकी सरकार तथा नेकपा विरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरिएको थियोे ।
युवाहरुले भारत तथा तेस्रो मुलुकबाट विवाह गरेर ल्याउने महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रावधान हटाई तत्काल नागरिकता दिने व्यवस्था लागु गर्न माग गर्दै विरोध प्रदर्शन गरिएको पार्टीका केन्द्रिय नेता राकेश झाले बताउनु भयो ।
‘‘महिलामाथि विभेद, अत्याचार बन्द गर’, ‘रोटीबेटीको सम्बन्ध बिगार्न पाइँदैन’, ‘मधेसीमाथिको अत्याचार बन्द गर’, ‘नागरिकता ऐन संसोधन विद्येयक फिर्ता गर’, महिलामाथि विभेद अत्याचार गर्न पाइँदैन लगायतका नाराहरु लेखिएको प्लेकार्ड बोकेर जसपाका नेता कार्यकर्ताहरुले विरोध गरेका थिए।
कोणसभामा जसपका नेताहरु रोशन यादव, चन्द्रकला साह, जितेन्द्र महतो, ललिता दास, मो आलम लगायतले आ–आफ्नो मन्तब्य राख्दै मधेश विरोधी नागरिकता संशोधन विधेयक खारेज गर्नु पर्ने माग गरेका थिए ।
MCC विरुद्ध क्रान्तिकारी माओवादीको विरोध प्रदर्शन
त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), नेकपा (माले), नेकपा (संयुक्त) जिल्ला कमिटि सिरहाको आयोजनामा सरकार विरुद्ध विरोध प्रदर्शन गरेका छन् ।
राष्ट्रियघाटी एमसीसी सम्झौता खारिज गर्नुपर्ने, राष्ट्रियता, जनतन्त्र र जनजिविकाको ग्यारेन्टी गर्नु पर्ने माग सहित विरोध र्याली प्रदर्शन गरेको जनाइएको छ ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A