जिवछ उदासी
लहान,९ गते । सामुदायिक विद्यालयभन्दा निजि विद्यालयहरुमा पाठ्यपूस्तक स्तरीय र रङिगन भएकोले पनि सामुदायिकभन्दा निजिमा विधार्थीहरुको आकर्षण बढिरहेको थियो । यस वर्ष सामुदायिक विद्यालयमा पनि रङिगन र स्तरीय पाठ्यपुस्तक वितरण गरिएकोले शिक्षकहरु पनि खुसी र विधार्थीहरु पनि हुरुककै भएका छन् ।
लहान १० श्री जनता आधारभूत विद्यालदयका शिक्षिकाहरु यदुमाया त्रिताल लक्ष्मी थापा र कञ्चना साह भन्नुहुन्छ,पाठ्यपूस्तमा समेत निजि र सामुदायिकमा अकाश पतालको फरक थियो । नर्सरी र कक्षा १ को निजि बोर्डिङग र सामुदायिक विद्यालयको पाठ्यपूस्तकमा देखिएको भिन्ताले हामीले चाहेर पनि विधार्थी भर्नाको लागि सामुदायिक भन्दा निजी नै छनौटमा पर्दथ्यो । यस वर्षदेखि सरकारले निजि बोर्डिङगभन्दा पनि स्तररीय रङिगन पाठ्यपुसतक उपलब्ध गराएको छ । यसले सामुदायिक विद्यालयप्रति आकर्षण बढ्ने निश्चित छ ।
यस्तै धनगडीमाई नगरपालिकामा रहेको श्री जनता माध्यमिक विद्यालय बेतहा भवानीपुरका प्रधानाध्यापक राम विलास यादवका अनुसार यस वर्ष कोरोना माहामारीको कारण विद्यालयहरु नै बन्द रहेका छन् । भर्ना अभियान नै भएन । सरकारले उपलब्ध गराएको रङिगन र स्तरीय पाठ्यपुस्तकले सामुदायिक विद्यालयको भर्ना दर हवातै वढ्ने छ । सामुदायिक विद्यालयप्रति देखिएको निरासा अब उत्साहमा बदलिन सरकारी प्रयास प्रशंसनीय रहेको छ ।
यस्तै लक्ष्मीपुर पतारी पोखरभिण्डामा रहेको श्री डोमी चौधरी जनता माध्यमिक विद्यालय पोखरभिण्डाका प्रधानाध्यापक पशुपति साहले सामुदायिक र निजि बोर्डि बढेको दूरी न्यूनिकरण गर्न पाठ्यपूस्तकमा समय सापेक्ष सुधार गरेको छ । अब समाज शिक्षक र सरोकारवाला निकायहरुले समेत सामुदायिक विद्यालयको स्तर सुधारको लागि लाग्नुपर्ने धारणा राख्नुभयो ।
लहान नगरपालिकाका शिक्षा संयोजक राज कुमार साह भन्नुहुन्छ,सामुदायिक विद्यालयको सुधारको लागि स्थानीय सरकारले सुधारको लागि गरिरहेको प्रयासमा रङिगन र स्तरीय पाठ्यपूसतकले ठूलो राहत मिलेको छ ।
एन प्याब्सन प्रदेश २ का अध्यक्ष तथा लहान स्थित लिटिल स्टार बोर्डिङग स्कूलका संस्थापक प्रिनिसपल जेपी चौधरीले सरकारले निजी र सामुदायिक विद्यालयको सुधारको लागि सकारात्मक सोच राखेर अघि बढ्नु सकारत्मक कदम नै हो । लकडाउनको अवस्थामा समेत सामाजिक दूरी कायम गरेर, मास्क प्रयोग र सेनिटाइजरको व्यस्था गरेर विद्यालयहरु संचालन गर्न ढिलाई गर्न नहुने बताउदै पाठ्यपूस्तकमा एकरुपता हुनुले शैक्षिक समानता देयिखएको बताउनुभयो ।
अभिभावक संघ सिरहाका अधयक्ष रमानन्द गुप्ताले शिक्षा क्षेत्रमा देखिएको विभेदहरु सरकारले विस्तारै हटाउन गठरिरहेको प्रयास सराहनीय नै हो । शिक्षा क्षेत्रमा पाठ्यपूस्तकमा एकरुपता हुनुपर्ने मागलाई पुरा गर्न सरकारले रङिगन पाठयपूस्तक व्यवस्थापन गरेर राम्रो सुरुवात गरेको बताउनुभयो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A