सामुदायिक विद्यालयमा रङिगन पठ्यपूस्तक विधार्थी हुरुक्कै

  • असार ९, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी

लहान,९ गते । सामुदायिक विद्यालयभन्दा निजि विद्यालयहरुमा पाठ्यपूस्तक स्तरीय र रङिगन भएकोले पनि सामुदायिकभन्दा निजिमा विधार्थीहरुको आकर्षण बढिरहेको थियो । यस वर्ष सामुदायिक विद्यालयमा पनि रङिगन र स्तरीय पाठ्यपुस्तक वितरण गरिएकोले शिक्षकहरु पनि खुसी र विधार्थीहरु पनि हुरुककै भएका छन् ।

लहान १० श्री जनता आधारभूत विद्यालदयका शिक्षिकाहरु यदुमाया त्रिताल लक्ष्मी थापा र कञ्चना साह भन्नुहुन्छ,पाठ्यपूस्तमा समेत निजि र सामुदायिकमा अकाश पतालको फरक थियो । नर्सरी र कक्षा १ को निजि बोर्डिङग र सामुदायिक विद्यालयको पाठ्यपूस्तकमा देखिएको भिन्ताले हामीले चाहेर पनि विधार्थी भर्नाको लागि सामुदायिक भन्दा निजी नै छनौटमा पर्दथ्यो । यस वर्षदेखि सरकारले निजि बोर्डिङगभन्दा पनि स्तररीय रङिगन पाठ्यपुसतक उपलब्ध गराएको छ । यसले सामुदायिक विद्यालयप्रति आकर्षण बढ्ने निश्चित छ ।

यस्तै धनगडीमाई नगरपालिकामा रहेको श्री जनता माध्यमिक विद्यालय बेतहा भवानीपुरका प्रधानाध्यापक राम विलास यादवका अनुसार यस वर्ष कोरोना माहामारीको कारण विद्यालयहरु नै बन्द रहेका छन् । भर्ना अभियान नै भएन । सरकारले उपलब्ध गराएको रङिगन र स्तरीय पाठ्यपुस्तकले सामुदायिक विद्यालयको भर्ना दर हवातै वढ्ने छ । सामुदायिक विद्यालयप्रति देखिएको निरासा अब उत्साहमा बदलिन सरकारी प्रयास प्रशंसनीय रहेको छ ।

bookbitran news.photo 2
यस्तै लक्ष्मीपुर पतारी पोखरभिण्डामा रहेको श्री डोमी चौधरी जनता माध्यमिक विद्यालय पोखरभिण्डाका प्रधानाध्यापक पशुपति साहले सामुदायिक र निजि बोर्डि बढेको दूरी न्यूनिकरण गर्न पाठ्यपूस्तकमा समय सापेक्ष सुधार गरेको छ । अब समाज शिक्षक र सरोकारवाला निकायहरुले समेत सामुदायिक विद्यालयको स्तर सुधारको लागि लाग्नुपर्ने धारणा राख्नुभयो ।

लहान नगरपालिकाका शिक्षा संयोजक राज कुमार साह भन्नुहुन्छ,सामुदायिक विद्यालयको सुधारको लागि स्थानीय सरकारले सुधारको लागि गरिरहेको प्रयासमा रङिगन र स्तरीय पाठ्यपूसतकले ठूलो राहत मिलेको छ ।

एन प्याब्सन प्रदेश २ का अध्यक्ष तथा लहान स्थित लिटिल स्टार बोर्डिङग स्कूलका संस्थापक प्रिनिसपल जेपी चौधरीले सरकारले निजी र सामुदायिक विद्यालयको सुधारको लागि सकारात्मक सोच राखेर अघि बढ्नु सकारत्मक कदम नै हो । लकडाउनको अवस्थामा समेत सामाजिक दूरी कायम गरेर, मास्क प्रयोग र सेनिटाइजरको व्यस्था गरेर विद्यालयहरु संचालन गर्न ढिलाई गर्न नहुने बताउदै पाठ्यपूस्तकमा एकरुपता हुनुले शैक्षिक समानता देयिखएको बताउनुभयो ।

अभिभावक संघ सिरहाका अधयक्ष रमानन्द गुप्ताले शिक्षा क्षेत्रमा देखिएको विभेदहरु सरकारले विस्तारै हटाउन गठरिरहेको प्रयास सराहनीय नै हो । शिक्षा क्षेत्रमा पाठ्यपूस्तकमा एकरुपता हुनुपर्ने मागलाई पुरा गर्न सरकारले रङिगन पाठयपूस्तक व्यवस्थापन गरेर राम्रो सुरुवात गरेको बताउनुभयो ।

लहानको दुर्गा पूजामा ...

लहान । सिरहाको लहानस्थित दुर्गा पूजा परिसरमा अघोरीको अन ...

१०१ किलो लडु चढाएर ...

  जीवछ उदासी  असोज ३१ गते  लहान नगरपा ...

झिझिया नृत्यमा ‘डायन ...

लहान, सिरहा। लहानमा दुर्गापूजाका अवसरमा आयोजित धार्मिक ...

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A