मदन जन्मजयन्तीको अवसरमा फलफूल वितरण र वृक्षारोपण

  • असार १४, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
लहान, तत्कालिन नेकपा एमालेका महासचिव तथा जनताका बहुदलीय जनवादका प्रणेता मदन भण्डारीको ६९ औ जन्म जयन्तीको अवसरमा लहानका तीनवटा क्वाराइनटाइनमा रहेका व्यक्तिहरुलाई फलफूल वितरण र लहान नगरपालिकाको ६५ फिट सडकमा वृक्षारोपण गरिएको छ ।


मदन भण्डारी स्मृति फाउन्डेशन सिरहाको आयोजना गरिएको फलफूल वितरण र वृक्षारोपण गर्दै फाउन्डेशनका केन्द्रीय सदस्य र प्रदेश २ का अध्यक्ष जिवछ साहले मदन भण्डारीको पथमा नै नपालमा कम्युनिष्ट आन्दोलन सफल भएको भन्दै मदन भण्डारीको सपना सरकार गर्नको लागि देशमा समृद्धि, भेदभावको अन्तय, न्याय र समानता स्थापना गर्न आवश्यक रहेको छ । विश्व नै कोरोना महामारीको अक्रान्तमा रहेको वेला नेपाल पनि यसको चपेटामा परेको हो । यस्तो विपत्तीको घडीमा मानवीय व्यवहार र आपसी सहयोग अति आवश्यक रहेकोले सिरहा जिल्लाको लहानमा अति व्यवस्थित रहेको जेएस मुरारका बहुमुखी क्याम्पस लहान,पशुपति आदर्श मावि लहान, र श्री जनता माध्यमिक विद्यालय पडरिया क्वाराइनटाइनमा रहेको व्यक्तिहरुलाई फलफूल वितरण गरेर सिरहा जिल्लाले राम्रो काम गरेको बताउनुभयो ।

madan 2 photo
कार्यक्रममा लहान नगरउपप्रमुख सरियार कुमारी चौधरीले फलफूल वितरणसँगै वृक्षारोपण कार्यक्रम गरेर फाउन्डेशनले राम्रो अभ्यासको सुरुवात सिरहाको लहानमा गरेको भन्दै आउने दिनहरुमा समेत मदन भण्डारी जस्तो महान कम्युनिष्ट नेताको जन्मजयनतीको अवसरमा रचनात्मक र सृजनात्मक कार्य गरिरहन शुभकामना व्यक्त गर्नुभयो ।

madan 1 photo
लहान स्वास्थ्य शाखाका जन स्वास्थ्य अधिकृत राम सुन्दर यादवले यस फाउन्डेशनको प्रदेश २ का अध्यक्ष जिवछ साह राष्ट्रपति विद्या देवी भण्डारीको स्वकीय सचिव समेत रहनु भएकोले चुरो संरक्षण सम्बन्धी कार्यक्रमहरु ल्याउनुु पर्ने भन्दै लहानको जेएस मुरारका क्याम्पस लहानको क्वाराइनटाइनबाट ४३ मध्ये ३२ जना ,पशुपति आदर्श मावि लहानको क्वाराइनटाइनमा रहेको ३७ जना मधये ५ जना र पडरिया माविको क्वाराइनटाइमा रहेका ४० मध्ये तीन जना आइतवार डिस्चार्ज हुन लागेको बताउनुभयो ।

 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A