मिशन पत्रकारितामा लागौ ः नगरप्रमुख चौधरी

  • असार १५, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी

लहान । नेकपाको केन्द्रीय सदस्य तथा धनगडीमाइ नगरपालिका प्रमुख हरिनारायण चौधरीले प्रेस संगठन सिरहाको बैठकमा आफ्नो धारणा राख्ने क्रममा मिशन पत्रकारितामा लाग्न सुझाव दिनु भएको छ ।

प्रेस चौचारी र प्रेस सेन्टरको एकतापछि बनेको प्रेस संगठन सिरहाको एकतापछि पहिलो बैठक सोमबार धनगडीमाई नगरपालिकाको जिरोमाइलमा बसेको बैठकलाई सम्बोधन गर्नु भएको हो ।

अन्य संगठनको पत्रकारभन्दा प्रेस संगठनको पत्रकार फरक शैलीमा प्रस्तुत भएर सत्य तथ्य खोजी गरेर मिशन पत्रकारिताको अवश्यक्ता रहेको भन्दै आफ्नै दलको नेताले गलती गरेको छ भने लेख्नुपरयो तर लेख्ने क्रममा बनावटी र सजवावटी तथ्यहरु नभएर यथार्त लेख्न लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रेस संगठनका पत्रकारहरुलाई पनि स्वतन्त्रा,सुविधा र सुरक्षाको आवश्यक्ता छ । पार्टीकै वकालत गरेर हिडनुपर्ने बाध्यता त छैन तर प्र्ेस .संगठन नेकपाको भातृ संगठन भएकोले नेकपा मजवूत भए प्रेस संगठन पनि मजवूत रहने विषयलाई विर्सन नहुने बताउनुभयो ।

पत्रकार महासंंघको चुनाव आउन लागेकोले प्रेस संगठनले संगठन शुदिकरण र सदस्यता प्राप्तीको लागि सजग रहनुपर्ने प्रेस संगठनका केन्द्रीय सदस्य दिलिप सिंहले राख्नुभयो । बैठकमा प्रेस संगठनका प्रदेश २ का संयोजक हिरालाल चौधरी,सदस्यहरु रामानन्द गुप्ता,अनुरुद ठाकुर र आशिश विश्वकर्माले समेत धारणा राख्दै नियमित बैठक र संगठन सुदृढीकरणमा लाग्नुपर्ने सुझाव राख्नुभयो ।

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A