जिवछ उदासी
लहान,प्रदेश २ कै कान्छो गाँउपालिका अध्यक्षको रुपमा चिनिएका केदारनाथ यादवले शिक्षाको क्षेत्रमा पनि अनुकरणीय काम गर्नु भएको छ । सामुदायिक विद्यालयको गुणस्तरीय सुिधारको लागि भौतिक निर्माणसँगै शिक्षक र विधार्थीहरुमा उत्साह बढाउन पनि आवश्यक रहेको ठानेर छात्रवृति वितरण र शिक्षक हाजिरी जवाफ कार्यक्रम समपन्न गरेका हो ।
सामुदायिक विद्यालयमा विधार्थीहरु कमजोर हुनुको धेरै कारणहरु मध्ये प्रमुख कारण शिक्षकहरुको कमजोरी र तयारी पनि एक रहेको ठम्याएर यस वर्ष शिक्षक हाजिरी जवाफ पनि गरेको भन्दै अध्यक्ष यादवले १०० वटा प्रश्नहरुमा ३४ वटा प्रश्नको जवाफ मात्रै आउनुले शिक्षहरु समेत शिक्षणपेसाप्रति उदासिन रहेको पाएको छ । शिक्षकहरुको अध्धयन गर्ने वानी नै हराइरहेकोले हाजिरी वजाफबाट प्रष्ट भएको बताउनुभयो ।
उहाँले भन्नुभयो,यस गापामा रहेका आधारभूत र माध्यमिक विद्यालयहरुको स्तरीयकरण विगतको तुलनामा गुणात्मक रुपमा परिवर्तन भएपनि पूर्ण हुन सकेको छैन । यस वर्षको शैक्षिक सत्रदेखि नै नयाँँ विधि तरिका ल्याउन गाँउपालिकाले गृह कार्य गरेपनि कोरोना महामानरीको कारण अघि वढ्न सकिरहेको छैन ।
मंगलबार गाँउपालिकाका आधारभूततर्फ २४ जना विधार्थीहरुलाई २५ सयको दरले र माविका ५ जनालाई दस हजारको दरले छात्रवृत्ति वितरण गर्दै गाँपा अध्यक्ष यादवले भन्नुभयो,यस गापामा रहेका सामुदायिक विद्यालयको भौतिक शैक्षिक अवस्था सुधार गरेर ग्रामीणे भेगका गरीव जनताले आफ्नै गाँउ ठाँउमा गुण स्तरीय शिक्षा पाउन सकुन भने उद्येश्यले शुनयबाट सुरु गरेको सुधार ५० प्रतिशतको वरिपरिमा छ । सबैले साझा दृष्टिकोण बनाएर सामुदायिक विद्यालयको प्रगति गर्न लाग्न सरोकारवाला सबैमा आग्रह गर्नुभयो ।

महदेवा पोर्ता माविका प्रअ घरन यादवका अनुसार गाँपाले सामुदायिक विद्यालयको सुधारको लागि उदाहरणीय काम गरिरहेकोले शिक्षक विधार्थी र अभिभावक सबैमा उत्साह थपिँदै जान थालेको संकेत देखिन थालेको छ ।
सखुवानन्कारकटि ३ का महेश्वर यादव भन्नुहुन्छ,शिक्षक हाजिरी वजाफ प्रतियोगिता गरेर देश भरिमा नै नयाँ सन्देस दिएको छ । शिक्षक सेवाबाट प्रतिस्पर्धामा उतीर्ण भएर आएका शिक्षकहरुले पढाउने विधार्थी निजी बोर्डिङगभन्दा कमजोर हुनु विभिन्न कारणहरुमध्ये शिक्षकको लापरवाही पनि एक हो । सम्बन्धित पाठ्यपूस्तकबाट छानिएको सय प्रश्नमा ३४ वटा प्रश्नको जवाफ मात्रै आउनु शिक्षकमा पनि कमजोरी रहेको प्रष्टै भयो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A