जिवछ उदासी
सिरहा १ (ख) का प्रदेशसभा सदस्य अशोक कुमार यादवले छुटयाएको बजेटबाट लक्ष्मीपूर पतारी पोखरभिण्डा २ का आठ कठा कबुरगाह क्षेत्र संरक्षित भएपछि स्थानीय मु्श्लिम समुदाय खुसी भएका छन् ।
आठ कठामा फैलिएको कबुरगाह क्षेत्रलाई संरक्षित गर्नको लागि आर्थिक वर्ष २०७६÷७७को लागि विनियोजित बजेटबाट ६ लाख ५८ हजार १५०÷२७ पैसाको बजेटबाट २६५ फिट पर्खाल निर्माण कार्य सम्पन्न भएको छ ।
कवुरगाह संरक्षण निर्माण समितिका अध्यक्ष मो. मुमताज मिया भन्नुहुन्छ,हामी स्थानीय मुश्लिम समुदायले यस क्षेत्रको संरक्षणको लागि कैयौ पटक कति नेताहरुलाई गुहारे तर सबैले अश्वासन मात्रै दिए पुरा कसैले पनि गरिदिएन तर यस वर्ष यस क्षेत्रका प्रदेश सभा माननीय अशोक कुमार यादवले आफ्नो प्रतिवद्धतालाई पूरा गरेपछि स्थानीयहरु असाध्यै खुसी भएका छौ ।
प्रदेशसभा सदस्य अशोक कुमार यादवले भन्नुभयो, प्रतिवद्धता अनुसारको विकासका कामहरु गरिरहेका छौ । यस वर्ष लक्ष्मीपूर पतारीको २ नम्वर पोखरभिण्डामा कबुरगाह निर्माण र ३ नम्वर महेशपूरमा विद्युतीकरणको काम सम्पन्न हुन लागेको छ । यसैगरी लहान २१ बेतहामा सामुदायिक भवन निर्माण,सखुवानन्कारकटि ५ इटहर्वामा पोखरी संरक्षण र सौन्दर्यकरण ,लहान २० हरिनगरमा कल्भर्ट निर्माण, सखुवानन्कारकटि ३ दिनाजपुरमा आरसीसी ढलान, लहान २ को मुसहर समुदायको बस्तीमा ढलान कार्य सम्पन्न हुन लागेको छ । स्थानीय, प्रदेश र संघीय वजेटलाई आवश्यक्ता , समझदारी र सहमति गरेर विकास निर्माणको कार्य गर्दा यस क्षेत्रको विकास छोटो समयमा नै हुनेछ ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A