जिवछ उदासी÷ फिरोज सिद्धिकी
लहान,लहान २३ करैयाका सुशील यादवका घरपरिवारका मानिसहरु शुक्रबार विहानदेखि आफ्नै घरमा छिमेकीहरुबाट थुनिको छ । छिमेकीहरुले लगाएको नाकाबन्दी हटाइ सहज बातावरण बनाई दिन सबैमा आग्रह गरेको छ ।
शुक्रबार विहानै स्थानीय राम कुमार कामैत, उमेश कामैत भोला कामैले स्थानीयवासीहरुको सहयोग पाएर सुशिल यादव निस्किन नसकुन उद्येृश्यले अगाडीबाट वाँसका टाटी लगाएर घेरि दिएका थिए । अगाडिबाट घेरि दिएपछि सुशिल यादवका घर परिवारका कोहि पनि निस्कन पाएको छैन । २४ घण्टाभन्दा बढी नाकाबन्दीमा रहेका सुशिल यादवका परिवारका सदस्यहरु घरभन्दा बाहिर निस्कन पाएको छैन । सहेर चुप लागेर नवस्ने भए स्थानीय छिमेकीहरुबाट कुटाई खाने अवस्था रहेको सुशिल यादवका परिवारजनले पीडा पोखेका छन् ।
विहानै गढा चोकमा रहेको भेटनरी पसल खोल्नको लागि चोकतिर आउन लागेका सुसिशल यादव लगायत त्यस परिवारका कुनैपनि सदस्यहरुलाई बाहिर निस्कन दिएन । पश्चिमपटिको बाटो नखोलेसम्म तिमीलााई पनि नाकामबन्दी गरिएको स्थानीयहरुले धम्कीपूर्ण शैलीमा कोहि पनि निस्कन नपाउने धम्की दिएको सुशिल यादवले बताउनुभयो । उहाँको अनुसार इलाका प्रहरी कार्यालयमा लुकीछिपी गएर सबै पडिा सुनाए । प्रहरी पनि आयो तर नाकाबनदी स्थानीयहरुले हटाउन दिएको छैन ।
सुशिल यादवले पश्चिमतिर रहेका लखन कामैत,देव कुमार कामैत,रञ्जित कामैतले प्रयोग गरिहेको बाटो सुशिल यादवले बन्द गरि दिएपछि दुई महिनादेखि नाकाबन्दीको पीडा खेपिरहेका तीनै जनाले समाज वडा सबैलाई गुहारेपछि कुनै सपि नचलेपछि स्थानीयहरुको सहयोगमा सुशिल यादवलाई नाकाबन्दी गर्नु परेको स्थानीयहरु बताउछन ।
सुशिल यादवले आफनो जग्गा घेरेको भन्दै दबाबमा म बाटो दिन सक्दिन । तीनै कामैत परिवारले बाटोको लागि मेरो जग्गाबाट जान नदिएपछि सार्वजनिक सडकमा नै नाकाबन्दी गर्नु कति न्याय संगत हो ? एक घर यादव र तीन घर कामैतले खेपिरहेको नाकाबन्दीले निकै कष्ट झेलिरहेकोले यसको न्यायोचित सामाधान स्थानीय नेपाली काँग्रेस र नेकपाका नेताहरु मिलेर सहमति खोजे मात्रै निकास निस्कन सक्ने समाधानका उपायहरु बताएका छन् ।
यता इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरत थापा क्षेत्रीले प्रहरीले नाकाबनदी लगाएको स्थलगत निरिक्षण गरि सकेकोले स्थानीयहरुसँग समेत छलफल गराएर नाकाबन्दी हटाउन प्रयास गरिरहेको बताउनुभयो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A