जिवछ उदासी÷फिरोज सिद्धिकी
लहान, लक्ष्मीपूर पतारी गाँउपालिकाका सत्ता पक्ष र प्रतिपक्षबीच आरोप प्रत्यारोप चल्दा गाँउपालिका यतिवेला आर्थिक बन्धक बनेको छ । शुक्रबार आयोजित छुट्टाछुट्टै आयोजित पत्रकार सम्मेलनमा यस्तो आरोप प्रत्यारोप एक पक्षले अर्को पक्षमाथि लगाएको थियो ।
शुक्रबार प्रतिपक्षमा रहेका नेपाल कम्युनिष्ट पाटी र नेपाली काँग्रेसले गाँउपालिकामा भ्रष्टाचारले समिा नाघ्यो आरोप लगाँउदै लक्ष्मीपूर पतारी ६ सितापूरमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ भने लक्ष्मीपूर पतारी गाँउपालिका भवनमा गाँउपालिका अध्यक्ष रामबल्लभ साहले पत्रकार सम्मेलन गराएर नया प्रशासकीय अधिकृत सुजित यादवले गाँउपालिकालाई आर्थिक बन्धक बनाएको आरोप लगाउनु भएको छ ।
सितापुरमा आयोजित पत्रकार सम्मेलनमा नेकपाका तर्फबाट देव नारायण साह र नेपाली काँग्रेसबाट चतुरानन्द ठाकुरले र वडाध्यक्ष राजेश्वर साह सुडी र विद्यानन्द साहको उपस्थितिमा सम्पन्न पत्रकार सम्मेलनमा गाँउ पालिका अध्यक्ष राम बल्लभ साहले सरुवा भएर आएका प्रशासकीय अधिकृत सुजित कुमार यादवलाई हाजिरी नगराएर आर्थिक अनियमिततामा लाग्नु भएको आरोप लगाँउदै नेपाली काँग्रेस जितेका दुई वडा र नेकपा जितेका एक वडामा गाँउपालिका अध्यक्ष राम बल्लभ साहले विकास गर्न खोजेको छैन भने विभिन्न शिर्षकमा विनियोजित बजेटमालाखौ भ्रष्टाचार गर्न आफ्ना निजी व्यक्तिलाई उपभोक्ता समिति कोठामै गठन गरेर आर्थिक चलखेल भएको छ । गाँउ सभा र उपचभोक्ता समितिमा अन्य दलका प्रतिनिधिहरुलाई कहिलेपनि नबोलाई कहाँ कति खर्च भएको बजेटबारे निर्वाचित वडाध्यक्षहरुलाई समेत सूचना नदिएको अवस्था रहेको आरोप लगाउनुभयो ।
१६ वटा बुँदामा असहमति र आरोप लगाँदै नेकपा र नेपाली काँग्रेसबाट प्रत्यासी रहनु भएका साह र ठाकुरले लक्ष्मीपूर पतारी गाँउपालिका भ्रष्टाचार र अनियमितता गर्ने अडा भएकोले यस गाँउपालिकामा भएको अनियमितताबारे छानविन गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो ।
उहाँहरुले संयुक्त रुपमा भन्नुभयो,यस गापामा पत्रकार र मानव अधिकारवादीको टोली आएर स्वतन्त्र रुपमा भएका विकास निर्माणबारे सहि सत्य आवाज उठाइ दिन पनि निवेदन गर्नुभयो ।
यता शुक्रबार अवेर गाँउपालिकामा आयोजित पत्रकार सम्मेलनमा तत्कालिन समाववादी र हाल जनता समाजवादी पाटीबाट निर्वाचित गाँउपालिका अध्यक्ष रामबल्लभ साहले भन्नुभयो, विना कारण नेकपा र नेपाली काँग्रेसले निहुँ खोजेर विकासमा अवरोध खडा गरिरहेको छ । सरुवा भएर आएको प्रशासकीय अधिकृत हाजिर विषयमा गाँउपालिकाले सहज रुपमा हाजिर गारउन गाँउपालिकाले चाहेपनि प्रशासकीय अधिकृत गाँउपालिकालाई जानकारी नदिई एनसिसि बैंकमा कृते लेटरप्याड प्रयोग गरेर गाँउपासिलकाको बजेट समेत रोका गरि दिएकोले गाँउपालिका आर्थिक बन्धकमा परेको छ । यस गाँउपालिकामा रहेको दुई क्वाराइनटाइनमा रहेका व्यक्तिहरुलाई दैनिक ४० हजार खर्च भइरहेको छ । यस गापाका कर्मचारी शिक्षक समेत विपक्षीहरुको उक्साहटमा हाजिर समेत विधिवत रुपमा नभएको प्रशासकीय अधिकृत यादवले यस गाँपालाई ठूलो समस्यामा पार्न खोजेकोले यसको लागि न्यायलय जाने बाध्यता छ । विपक्षीहरुले लगाएको आरोपमा कुनै सत्यता पनि छैन । सम्वनिधत निकायले छानविन गर्न चाहे गाँउपालिकाले सहयोग गर्न तयार छ ।
असार ४ गते बैंकमा प्रयोग गरेको चलानी नम्बर ८ रहेको छ । जबकि असार महिनाको अन्तयमा १३ सयभन्दा बढी चलानी नम्बर रहेको छ । विगत ३० गते नै आफू यस कार्यालयमा हाजिर भैसकेको भन्दै असार १८ गते त्यहि मितिदेखि हाजिर गराउन प्रशासकीय अधिकृत यादवले गरेको हठको कारण उहाँलाई हाजिर गराउन नसककेको १ नम्वर वडाका अध्यक्ष मनिकलाल यादवले बताउनुभयो । पहिलो दिन आउने यादवको व्यवहारले गापाका सबै कर्मचारी चिन्तित भएकोले कसरी गापा यस्तो अराजक प्रशासकीय अधिकृतबाट कसरी गाँपा चल्ने ? चिन्ताको विषय भएको छ ।
६ वटा रहेको लक्ष्मीपूर पतारीको कुनैपनि वडामा वर्षातको वेला मोटरसायकल चलाउन सक्ने अवस्था नरहेकोले प्रत्येक वडामा वर्षेनी एक करोडभन्दा बढी आउने बजेट कहाँ केमा खर्च भयो ? न किसानलाई कुनै राहत न विकासमा गति यस गाँउपालिकामा भ्रष्टाचार भएकै छ । यसको छानविन हुनुपर्ने सर्वसधारण स्थानीयहरुको समेत माग रहेको छ ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A