उच्च जोखिममा रहेको इस्लामपूर र सुन्दरपूर बस्ती जोगाँउन नगरप्रमुख साहको अथक प्रयास

  • असार २०, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
लहान,लहान ४ मा बलान नदीमा वाँधिएको बाँध कतिवेला भत्किने हो ठेगान छैन ? गतवर्षसम्म बलान नदी पूर्वतर्फबाट बगिरहेको थियो । यसवर्ष पश्चिम भित्ताको माटो काटेर बगाउन थालेपछि बाँध भत्किने र नजिकै टाँसिएर रहेको इस्लामपूर र सुन्दरपूर बस्ती बगाउने भय देखिएको खवर हुनसाथ शुक्रबार र शनिबार लहान नगरप्रमुख आफै गएर अथक प्रयास गरिरहेको स्थानीयहरुले जनाएका छन् ।


स्थानीयवासी मोहम्मद मुमताज र मो समिनले भन्नुभयो, रातभरि टोलका स्थानीयहरु जग्राम बस्छौ । ठूलो वाढी आयो भने बाँध भत्किएर बस्तीमा प्रवेश गर्ने निश्चित भएकोले रातभरि निन्द्रा नै आउदैन । बस्तीका सबै जग्राम बस्छौ । लहान नगरपालिकामा खबर गरेपछि शुक्रबार नगरप्रमुख मुनि साह आफै आएर अवलोकन गरी शनिबारदेखि जेसिबी लगाएर पानीको बहाब पूर्वपटि फकाउन गरिरहेको अथक प्रयास गर्न नगरप्रमुख साहले हरेक प्रयास गरिरहनु भएको छ । समस्या अक्समत आएकोले कुनै निकायलाई दोष देखाउन मिलेन । नगरपालिकाको प्रयास सराहनीय छ । इस्लामपूरका ३५ घर र सुन्दरपूरका ३२ घर परिवारका स्थानीयहरु टुकीको भरमा रात काटिरहेको समस्या समाधान गर्न नगरपालिकाले बस्तमिा बत्ती वाल्ने काम गरि दिइयो । अहिले बाढीले गर्ने समस्यामा पनि बस्तीमै आएर नगरप्रमुख साहले हामीसँग दुख सुखमा साथ दिइरहनु भएको छ । नगरपालिकाले समस्या समाधानको लागि प्रयास गरिरहेकोले केहि राहत होला भने आसमा स्थानीयहरु रहेका छन् ।

islampur badhiko jokhimma news.2 photo
लहान ३ का वडा सदस्य राजाराम महतो र लहान ४ का नेकपा एमालेबाट प्रत्यासी रहनु भएको मो जबारुल राइनले समेत बस्तीमा आइपर्ने वाढीको जोखिम न्यूनकिरण गर्न जेसीबी लगाएर गरेको प्रयासले स्थानीयहरुमा आस जागेपनि कटानको अवस्था देखेर भय चाहि कम हुन नसकेको अवस्था रहेको स्थानीयहरुले पीडा पोख्नुभयो ।
लहान नगरप्रमुख मुनि साहको अनुसार अग्लो बाँध भत्किने कुनै अभास नै भएको थिएन । स्थानीयहरुले पनि बाँध भत्किने कुनै समस्या रहेको जानकारी पहिले नगराएकोले अकस्मात वाँध कटानले आइपरेको समस्या समाधान गर्न नगरपालिकाले हरसंभव प्रयास गरिरहेको छ । बाँध जोगाउन दुई चार हजार बोरामा वालुवा राखेर बाँध बाधे राहत हुन सकिने देखिन्छ तर यसको लागि वर्र्षाको वेला संभव हुन नसकेकोले समस्या विकराल नै देखिन्छ । यसको समाधानको लागि नगरपालिका प्रयास गरिरहेको छ ।

islampur badhiko jokhimma news.3 photo
स्थानीय ८४ वर्षिय विल्टु चौधरी भन्नुहुन्छ, बलान नदी थारै भागमा बगिरहेको थियो । बलान नदीको बीच भागमा विहारपूर वस्ती थियो । बलान नदीले पूर्व पश्चिम काटदै जान थालेपछि एक किलोमिटमा फेलिएको छ । क्रेटिङ ढुुङगा राखेर मजबूत वाँध नवाँधे यसले लहान ३ र ४ लाई ठूलो क्षति गर्ने संभावना बढेकोले यसबाट जोगिन नरपालिका , प्रदेश र संघीय सरकारको ध्यान केनिद्रत हुनुपर्ने माग गर्नुभयो ।


बलान नदीबाट जथाभावी वालुवा निकासी भएकोले पश्चिमपटि गहिरो भएकोले यो समस्या सृजना भएको स्थानीयहरुको ठम्याइ रहेको छ । लहान ४ मा सुकुम्वासी मुश्लिमहरुको बस्तीको नाम इस्लामपूर राखिएको हो सुकुमवासी हिन्दुहरु बसेको बस्तीको नाम सुन्दरपूर राखिएको छ । बस्ती वसेको १२ वर्ष भयो । बाँध निर्माण भएको ४ वर्षमै भत्किन लागेको छ । वाँधमा बालुवाको प्रयोग मात्रै गरेकोले समान्य वाढीमा भत्किन लागेको हो ।

 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A