जिवछ उदासी
लहान, लहान नगरपालिका ४ बलान र खुटी नदीको छेउमा रहेको इस्लामपुर र सुन्दरपुरमा विद्युत वत्ती बल्न थालेपाछि स्थानीयहरु खुसी भएका छन् । विद्याुतको लागि पहल गर्ने लहान नगरप्रमुख मुनि साह, वडाध्यक्ष रामनाथ पण्डित र नेकपाका स्थानीय नेता मो जवारुल र विद्युत कार्यालय लहानलाई धन्यवाद दिएको छ ।
लहान नगरप्रमुख मुनि साहले विद्युत वत्तीको स्वीच थिचेर उद्घाटन गर्दै भन्नुभयो, लहान विद्युत प्राधिकरण वितरण शाखामाका पूर्व प्रमुख विष्णु देव यादवले असहयोग गरेको कारण गत वर्ष चाहेर पनि यस बस्तीमा विद्युत ल्याउन सकेनौ । यस वर्ष कार्यालय प्रमुख धिरेन्द्र प्रसाद यादव र इन्जिनियर धनेश्वर यादवले सहयोग गरेपछि बत्ती ल्याउन सकियो । यसको लागि लहान विद्युत प्राधिकारण वितरण शाखालाई धन्यवाद ज्ञापन गर्दछौ । यस वडाका वडाधयक्ष रामनाथ पण्डित,नेकपाका स्थानीय नेता मो जवारुलको पनि अथक प्रयास रहयो ।
बाह्र वर्ष पहिले बलान र खुटी नदीको छेउमा बसेका ३५ घर मुस्लिमहरु बसोवास गरेका इस्लामपुर र ३२ घर हिन्दुहरु बसेको सुन्दरपुरको गरीव सुकुम्वासी जनताहरु टुकी वालेर निकै कष्ट झेलेर अन्यारोमा जीवन विताएको स्मरण गर्दै नगरप्रमुख साहले अब उज्यालोको समय आजदेखि सुरु हुदैछ, यस दुवै वस्तीका वालबालिकाहरुको शिक्षाको लागि विद्यालय स्थापनाको लागि समेत नगरपालिकाले पहले गर्ने विश्वास दिलाउनुभयो ।
वडाधयक्ष रामनाथ पण्डितले यस गाँउमा विद्युत ल्याउन नगरप्रमुख साह र विद्युत प्राधिकरणका कर्मचारीहरुको सहयोग प्रशंसनीय रहेको चर्चा गर्दै यस वस्तीको प्रगति र संरक्षणको लागि वडा कार्यालयले काम गर्ने विश्वास दिलाउनुभयो ।
विद्युत प्राधिकरणका इन्जिनियर धनेश्वर यादवले नगरप्रमुख साह, वडाध्यक्ष पण्डित स्थानीयहरुले विद्युत कार्यालयललाई पटक पटक गरेको ध्यानआकर्षणपछि यस वर्ष ४० लाखको लगानीमा उज्यायाले कार्यक्रम अन्तर्गत विद्युत जडान भएको बताउनुभयो । लहान नगरपालिकाको शहरी क्षेत्रमा विद्युत नपुगेको इस्लामापुर र सुन्दरपुरमा विद्युत पुगेपछि अब अन्धारोमा रात काट्नुपर्ने कुनैपनि वस्ती नरहेको बताउनुभयो ।
स्थानीय मो. इद्रिस,विनोद मते र जगिया देवी पासवानले आज हामीलाई हर्षको सीमा छैन । १२ वर्ष अन्धयारोमा रात वितायौ । राती सर्पको डर, मोवाइल चार्ज गर्न अरु टोल जानु्पर्ने बाध्यता जस्ता समस्यालाई नगरप्रमुख साह, वडाध्यक्ष पण्डित र स्थानीय प्यारो नेता मो. जवारुल र विद्युत कार्यालयको सक्रियतामा विद्युत वत्ती बल्दा त खुसी भयौ । तर बलानको बाध बाढी आएपछि भत्काएर बस्ती नै बगाउने हो कि डर छदैछ । नगरप्रमुख साह शुक्रबार , शनिबार र आज आइतबार तीन दिन नै लगातार आफै आएर बलान खोलामा नदीको पानीको वाहब पूर्वतिरबाट गर्न जेसिवी लगाएर गरिरहेको प्रयास सराहनीय रहेको छ । जनसेवी जनप्रतिहरु गरीव जनताको साथमा रहेको पहिलोपटक अनुभूति भयो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A