कक्षा ११ को परीक्षा विद्यालयतहमै सञ्चालन र प्रमाणिकरण गर्ने सरकारको निर्णय

  • असार २२, २०७७
  • समृद्धिपथ
alt

काठमाडौँ । सरकारले यस बर्ष कोभिड–१९ का कारण कक्षा ११ को परीक्षा विद्यालय तहमै सञ्चालन र प्रमाणिकरण गर्ने निर्णय गरेको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलको अध्यक्षतामा बसेको राष्ट्रिय पाठ्यक्रम तथा विकास तथा मुल्यांकन परिषदको बैठकले कक्षा ११ को परीक्षा विद्यालय तहमै सञ्चालन, व्यवस्थापन र प्रमाणिकरण गर्ने गरेको हो ।

गत असार १९ गते बसेको परिषदको बैठकले यस्तो निर्णय गरेको शिक्षा मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै मन्त्रालयले उच्च शिक्षामा अध्ययनरत विद्यार्थीहरुको सिकाई निरन्तरताका लागि उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण प्रारुप २०७७ स्वीकृत गरी आवाश्क कार्याथ विश्व विद्यालय अनुदान आयोगमा पठाइसकेको पनि जनाएको छ ।

आयोगले पनि उक्त प्रारुपलाई निर्देशिकाको रुपमा विश्वविद्यालयले कार्यान्वयनको लागि जारी गरिसकेको मन्त्रालयले जनाएको छ ।

जुन प्रारुपले परम्परागत औपचारिक पद्धतिद्धारा सञ्चालन भइरहेका विश्वविद्यालय तथा उच्च शिक्षाका पठनपाठन, अनुसन्धान परीक्षा र मुल्यांकनका सम्बनधमा कोभिड १९ का कारण सिर्जित अवरोध हटाउन उपयुक्त सान्र्दभिक व्यवस्था गरेको जनाएको समाचार रातोपाटीमा लेखिएके छ ।

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A