राखेपको कार्यवाहक सदस्य सचिवमा ढकाल नियुक्त

  • असार २२, २०७७
  • समृद्धिपथ
alt

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद ९राखेप० को कार्यवाहक सदस्य सचिवमा भक्त बहादुर ढकाल नियुक्त भएका छन् ।नयाँ खेलकुद विकास ऐन लागू भएपछि गत बिहिबारबाट रमेश सिलवाल पदमुक्त हुँदा निमित्त सदस्य सचिवका रुपमा युवा तथा खेलकुद मन्त्रालय खेलकुद विभागका सहसचिव भक्तबहादुर ढकालले सोमबार उक्त जिम्मेवारी पाउनु भएको हो ।

खेलकुद विकास ऐन २०४८ निष्क्रिय भएसंगै राखेपका सदस्य सचिव रमेश सिलवाल, राखेप उपाध्यक्ष पिताम्बर तिम्सिना सहित बोर्ड सदस्यको कार्यकाल समाप्त भएको थियो । जसको कारण नयाँ सदस्य सचिव नियुक्त नभएसम्मका लागि ढकाललाई कार्यवाहकको जिम्मेवारी दिईएको छ ।

ढकालले संक्रमणकालिन अवस्थामा र रिक्त रहेको सदस्य सचिवको पदमा निमित्तका रुपमा काम गर्नेछन् । उनले परिषदमा नेतृत्व नहुँदा अन्योल भएको अवस्थामा काम कारवाहिलाई अगाडी बढाउन केही समयका लागि उक्त जिम्मेवारी पाएका हुन् । बहालवाला सदस्य सचिव नहुँदा कसरी निमित्त सदस्य सचिव चयन हुन्छ भनेर कानूनमा प्रष्ट लेखिएको छ । त्यसैका आधारमा ढकालले नयाँ सदस्य सचिव नआउँदासम्मका लागि काम गर्ने जिम्मेवारी पाएका छन् ।

नयाँ ऐनमा सदस्य सचिव नियुक्तिका लागि मन्त्रालयले तीन सदस्यीय सिफारिस समिति गठन गर्ने उल्लेख छ । समितिले योग्यता पुरा भएका ब्यक्तिबाट सदस्य सचिवको नियुक्तिको लागि एक जना महिला सहित तीन जना उपयुक्त ब्यक्तिको नाम मन्त्रालयमा सिफारिस गर्नेछ । समितिबाट प्रस्तावित नामलाई मन्त्रालयले नियुक्तिका लागि मन्त्रीपरिषदमा पेश हुने उल्लेख छ ।

मन्त्रीपरिषदले उपयुक्त ठानेको ब्यक्तिलाई चार बर्षका लागि सदस्य सचिवमा नियुक्त गर्नेछ । सदस्य सचिवका लागि नयाँ ऐनले योग्यता समेत निर्धारण गरेको छ । नयाँ ऐन अनुसार सदस्य सचिव हुन नेपाली नागरिक, सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरेको, खेलकुद क्षेत्रमा कम्तीमा ५ वर्ष काम गरेको, प्रचलित कानुनले अयोग्य नभएको र ३० वर्ष उमेर पुरा भएको योग्यता राखिएको छ ।

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A