शहर र गाँउको दूरी कम गर्न कालोपत्रे सडक निर्माणमा नगरपालिकाहरुको जोड

  • असार २५, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
लहान,शहरी र ग्रामीण क्षेत्रलाई जोडने गरी कालोपत्रे सडक निर्माण कार्यलाई सिरहाका विभिन्न नगरपालिकाहरुले अगाडि बढाएको छ । सडक सञ्जाल निर्माण गरेर घण्टौ लाग्ने नगरवासीहरु आधा घण्टामै नगरपालिका पुग्ने गरी पीच सडक gau nagar 1 photo निर्माणलाई प्राथमिकतामा राखेर सिरहाका लहान,धनगडीमाई,गोलबजार,सुखीपूर र मिचैया नगरपालिकाहरुले काम गरिरहेका छन् ।
नगरप्रमुख मुनि साह भन्नुहुन्छ, २४ वटा वडा भएको लहान नगरपालिका देशकै सबैभन्दा ठूलो नगरपालिका हो । तर तुलनात्मक रुपमा बजेट सीमित हुन्छ । तैपनि लहानको ग्रामीण भेग र शहरी क्षेत्रलाई जोडन नगरपालिकाले भरमग्दूर प्रयास गरेकै हो । लहानको शहरी क्षेत्रबाट टाढा रहेका दक्षिण भेगका १९,२०,२१,२२ र २३ नम्वराट लहान आउन आधा घण्टाभित्र नगरपालिका कार्यालय आउने गरी सडक निर्माण कार्य भएको छ । उत्तरी भेगका १५,१६,१७,१८ नम्बर वडाका स्थानीयहरुलाई लहान नगरपालिकासँग नगर तथा वडाको बजेटबाट सडक निर्माण कार्य द्रुत गतिमा भइरहेको छ ।

 

उत्तर–पश्चिमका वडाहरु १३,१४र २४ नम्बर मध्ये १३ र १४ मा कालोपत्रे यस वर्ष सम्पन्न हुनेछ भने ठूलो वडाको रुपमा रहेको लहान २४ लाई उद्येग ग्राम र पर्यटकीय क्षेत्र जोडनलाई सडक निर्माणको प्रदेश र संघीय सरकारसँग पहल भइरहेको छ । समग्रमा लहान नगरपालिकाको ग्रामीण र शहरी क्षेत्रलाई जोडने आफ्नो यहि पाँच वर्षे कार्यकालमा पूरा गर्ने गरी कार्य भइरहेको छ । लहान नगरपालिकाको उत्तरी पश्चिमी भेगमा पर्ने पहिलेको बस्तीपूर गाँउ विकास समिति अहिलेको लहान १३ र १४ नम्बर वडालाई जोडन लहान १० वाट सुरु भएको १० किलोमिटर कालोपत्र सडक निमर्काण कार्य अन्तर्गत यस वर्ष ३ किलोमिटर सम्पन्न भैसकेको छ । वाँकी ७ किलोमिटर पनि वर्षातपछि निर्माण हुने नगरपालिकाले जनाएको छ ।

gau nagar 2 photo
लहान नगरपालिकासँगै जोडिएको धनगडीमाई नगरपालिका पनि विकासको रफ्तार लिएको नगरप्रमुख हरि नारायण चौधरीले भन्नुभयो, धनगडीमाई नगरपालिकाका विकट पहाडी क्षेत्र र दक्षिणका समथर भूभाग रहेको यस नगरपालिकामा अहिलेसम्म लगभग २५ मिलोमिटर कालोपत्रे सडक निर्माण भैसकेको छ । गाँउलाई नगरसँग जोडने र नगरक्षेत्रलाई अझै सौन्दर्यकरण गर्न धनगडीमाई नगरपालिका अहोरात्र काम गरिरहेको छ । सडक सञ्जालको लागि यस नगरपालिकाले शुन्यबाट काम थाल्नी गरेको छ ।

gau nagar 2 photo 1
धनगडीमाई नगरपालिकादेखि दक्षिण जोडिएको सुखीपूर नगरपालिाका गाँउलाई बजार क्षेत्रसँग जोडन १३ किलोमिटर पीच सडक र ३ किलोमिटर ढलान गरेको नगरप्रमुख राम औतार यादवले जानकारी दिनु हुँदै भन्नुभयो,सुखीपूरको जनतालाई खुसी बनाउन सडक सञ्जालबाट जोड्न यस नगरपालिकाले पीच ढलान र ग्राभेल सडक तीन किसिमको योजना अघि सारेर काम गरिरहेको छ ।
धनगडीमाई नगरपालिकासँगै जोडिएको गोलबजार नगरपालिकाले अहिलेसम्म ३२ किलोमिटर पीच सडक निर्माण गरिसकेको छ नगरप्रमुख देव नाथ साहले जानकारी गराउादै भन्नुभयो, चुनावको वेला गरेको प्रतिवद्धता पूरा गर्न दृढ भएर काम गरिरहेका छौ । गोलबजारमा विकास देखेर विपक्षीहरु तर्सेर विकास रोक्न विभिन्न जालझेल गरेपनि जनताको साथ र समर्थन पाएर अघि बढिरहेका छौ । नगरपालिकाका कार्यालय १५ मिनेटमका आउने गरी सडक सञ्जाललाई अघि सारेका छौ ।

gau nagar photo 5
गोलबजार नगरपालिकासँग नगरपालिकासँग जोडिएको मिर्चैया नगरपालिकाका ग्रामीण भेगमा ७ किलोमिटर पीच सडक र ३ किलोमिटर ढलान सडक निर्माण भएको नगरप्रमुख श्रवण यादवले भन्दै मिर्चैयाको ग्रामीण भेगमा गरेको कामबाट स्थानीयहरु अति नै खुसी रहेको बताउनुभयो ।


उहाँको अनुसार प्रत्येक वर्ष पहाडबाट वर्षाको समयमा आउने वाढीले राजमार्गलाई नै कटान गरेर पुरयाउने क्षति रोक्न एडिवी को ८५ प्रतिशत र नगरपालिकाले १५ प्रतिशतको साझेदारीमा ५२ करोडको परियोजना आउन लागेको जानकारी दिनुभयो ।

 

लहानको दुर्गा पूजामा ...

लहान । सिरहाको लहानस्थित दुर्गा पूजा परिसरमा अघोरीको अन ...

१०१ किलो लडु चढाएर ...

  जीवछ उदासी  असोज ३१ गते  लहान नगरपा ...

झिझिया नृत्यमा ‘डायन ...

लहान, सिरहा। लहानमा दुर्गापूजाका अवसरमा आयोजित धार्मिक ...

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A