राम कुमार उमा प्रसाद अस्पतालको स्तरोन्नति गर्छौ ः अध्यक्ष महतो

  • असार २६, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
लहान ,प्रदेश २ का समाजिक विकास मन्त्रालयबाट लहान स्थित राम कुमार उमा प्रसाद स्मारक अस्पतालको विकास समतिमा सफिरिस हुनु भएको अध्यक्ष रोहित महतोले स्तरोन्नति गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।


राउ अस्पताल लहान स्थानीय तहबाट प्रदेश सरकारले आफ्नो जिम्ममा लिएपछि समिति विहिन रहेको थियो । समिति पूर्ण भएपछि अस्पतालको कामकाज अघि वढने अस्पतालले जनाएको हो ।


अध्यक्षपदको पदभार शुक्रबार एक औपचारिक कार्यक्रमको बीच ग्रहण गर्नु हुँदै अध्यक्ष महतोले भन्नुभयो, ‘म साामजिक विकास मन्त्रँलयका मन्त्री नवल किशोर साहसँग सय शैयाको अस्पताल बनाउने शर्त गरेर आएको छु । २०३५ सालमा स्थापना भएको अस्पताल आजसम्म विकासकोरफ्तारमा गति लिन नसक्नु दुखद् पक्ष हो । सबैको सहमति सहकार्य गरेर यो अस्पतालललाई सय शैयाको बनाउने प्रयास आजैबाट गरि सके ।’

rohit mahto news.2 photo
समितिका सदस्यहरुमा गोपाल गुप्ता, पारोदेवी पासवान मनोनित भएको छ । सदस्य गुप्ताले यस अस्पतालको विकासको लागि समाजका सबै अगुवाहरुसँग सामुहिक सल्लाह सुझाव लिएर स्तरोन्नती र विश्वसनीय स्वास्थ्य सेवा दिनको लागि यस समितिमा आएको भन्दै समिति दलीय मानसिकता त्यागेर काम गर्ने दृढता व्यक्त गर्नुभयो ।

 

पदभार ग्रहण कार्यक्रममा लहान ३ का वडाध्यक्ष राम दयाल महतोले अझैसम्म अस्पतालको नाममा दाता मुरारका र शारदा परिवारबाट एक विगहा १५ धुर जमीन रजिष्ट्रेशन हुन नसकेकोले अस्पतालमा सरकारी तहबाट शैया थप्न कानुनी अडचन आइरहेको स्मरण गराउदै अस्पतालको जग्गा पास गराउन पहल गरे वडाबाट सहयोग गर्न तयार रहेको विश्वास दिलाउनुभयो ।


जनता समाजवादी पाटीका लहान नगर अध्यक्षद्वय दिनेश महतो र मो आलम्बले प्रदेश सरकारबाट चयन हुनु भएको नव गठित समितिलाई अवसर र चुनौती दुबै रहेकोले समितिलाई सहकार्य र एकताको माध्यमबाट अघि वढ्नुपर्ने शुभकामना दिनुभयो ।

rohit mahto 3 photo
अस्पतालका मेडिकल सुपरीडेनटेड सुनिल कुशवाहाले समितिपूर्ण भएपछि अस्पतालले सेवा सुविधा र भौतिक निर्माणको कार्यमा गति दिइने विश्वास व्यक्त गर्नुभयो ।


राउ अस्पतालको कथा व्यथा धेरै पीडादायी रहेकोले यस अस्पताललाई सुधार्न कुनै खास दलीय दृष्टिकोणबाट संभव नभएकोले लहान नगरपालिका, सिरहा १ का सांसद सिरहा १ (क) र (ख) का प्रदेशसभा सदस्य , सखुवानन्कारकटि गाँउपालिका रु भधगवानपुर गाँउपालिकाका जन प्रतिनिधिहरु सामुहिक रुपमा साझा धारणा बनाएर दाता परिवारद्वय मुरारका र शारदालाई खुसी पारेर जग्गा अस्पतालको नाममा गराउनुको साथै अस्पतालमुखि मेसु नआएसम्म अस्पतालको अवस्था र व्यवस्थामा परिवर्तन आउन नसकिने स्थानीय नथुनी महतोले बताउनुभयो ।

rohit mahto news. 4 photo
लहान अस्पतालको वपिरपरि खुलेका दर्जनौ क्लििननिक र निजी अस्पताल, एम्बुलेन्सचालकले पाउने कमिशन र अस्पतालकै मेसु क्लिनिकमुखि भएको कारण अस्पतालको अवस्था दयनीय हुन पुगेको अर्का स्थानीय राम सेवक ठाकुरको भनाई छ ।


यता लहान नगरप्रमुख मुनि साहका अनुसार लहान राउ अस्पतालको सुधारको लागि नगरपालिकाबाट प्रयास र कसरत हुन थालेकै समयमा प्रदेश सरकारले आफ्नो अधिनमा लिएर केहि समयदेखि अन्यौलताको भूमरीमा राखेको थियो । लहान नगरपालिका अस्पतालको स्तरोन्नती ,जमीन रजिष्ट्रेशन लगायतका कामहरुमा भूमिका खेल्दै आइरहेको छ । २० वर्ष जनप्रतिनिधि नभएको अवस्थामा राउ अस्पताल लीक बाहिर गयो । आजसम्म सहि लिकमा ल्याउन सकिएको छैन । प्रदेश सरकारले कि त लहान अस्पतालललाई प्रदेश २ कै नमूना अस्पताल बनाउनु परयो कि त लहान नगरपालिकालाई अस्पतालको विकासको जिम्मा छोडनु परयो ।


पदभार ग्रहण कार्यक्रममा नेकपा, नेपाली काँग्रेस, नागरिक अगुवा,प्रदेश सभाका माननीय, लहान नगरप्रमुख , उपप्रमुख ,अस्पतालका पूर्व अध्यक्षहरु र दाता परिवारको समेत उपस्थिति नभएकोले नव गठित समितिले सवैको भावना समेटेर अघि वढुनुपर्ने स्थानीयहरुको भनाइ रहेको छ ।

 

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A