जिवछ उदासी
लहान,शनिबार विहानैदेखि वर्षा भइरहेपनि तीन बजेतिर केहि बेर वर्षा रोकियो । लहानको मुख्य चोकमा युवा मजदूरहरु सयौको संख्यामा फेर्नुछ देशको मुहार,हाम्रो भविष्य हाम्रो सरकार लेखिएको व्यानर सहित प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढाल्न पाइदैन,नेकपा कुनै हालतमा फुट्नु हुँदैन, लिम्पियाधुरा, लेपुलेक र कालापानी हाम्रो हो भने नारा सहित शान्तीपूर्ण प्रदर्शन गरेका छन् ।
प्रदर्शन कुनै गुटको नभएर एकताको लागि शीर्ष नेताहरुको ध्यान केन्द्रित गरेको अर्थमा बुझ्न आग्रह समेत गरेका छन् ।प्रदर्शनमा कुनै कमिटिका अगुवा नेता,जनप्रतिनिधिले अगुवाई नगरेको जोशपूर्ण जुलुसमा मजदूरहरुको सहभागिता पनि उल्लेखनीय संख्यामा थियो ।
६५ वर्षिय लहान ५ का मुनेश्वर साफीलाई साधे, तपाई वर्षाको वेलामा किन जोखिम मोलेर जुलुसमा आउनुभयो । उहाँको जवाफ रहयो–नेकपा पाटी फुट्नु हुँदैन । प्रधानमन्त्री ओलीलाई हटाउनु हुँदैन । घर फुटे गवार लुटे झै यो पाटीको अवस्था हुनेछ । हामी मजदूरहरु पाटी एकताको लागि दबाब दिन आएका हौ । लहानको सन्देस काठमाण्डौ सम्म जानुपर्छ ।
युवाहरुको तर्फबाट मो. इसराइल, मो रियासत र जितेन्द्र साहले भन्नुभयो, नेपालको इतिहासमा राष्ट्रियताको सवालमा प्रधानमन्त्री केपी ओली चटानी निर्णय लिनु भएकोले उहाँको राजीनमा माग्नुको तुक छैन । प्रचण्ड–ओली जुन महान उद्येश्य बोकेर एमाले माओवादी मिलाएर नेकपा बनायो । त्यो उद्येश्य पुर्तिको लागि दुबै नेता मिल्नुपर्छ भने सन्देस प्रवाह गर्न यो प्रदर्शन गरेका हौ ।
नेकपा जिल्ला कमिटि सदस्य राज कुमार यादवसँग यो प्रदर्शनमा तपाई सहभागी नभएपनि यसबारे के भन्नुहुन्छ प्रतिक्रिया माग्दा उहाँ भन्नुभयो, नेकपाको फुट्नु हुँदैन, पाटीमा अझै सुदृढ एकता होस भने पक्षमा हामी छौ । युवा मजदुरहरुले राष्ट्रिय झण्डा बोकेर स्वर्तफुर्त रुपमा सडकमा आएर पाटीलाई एकतावद्ध गर्न जुन दबाब दिएको छ यसलाई गुटको आँखाले नहेरी जनताको आवाज रहेको केन्द्रीय नेताहरुलाई सहि निर्णय लिन समर्थक जनताको आवाज भएको बुझनुपर्छ ।
लहानमा भएको प्रदर्शनबारे सामाजिक सञ्जाल र चिया चर्चामा उठेका प्रसँगहरुमा विभिन्न कोणबाट आफ्ना प्रतिक्रियाहरु व्यक्त गरेका छन् तर सबैको चासो साझा माँग र चाहना पाटी कुनै हालतमा फुटनु हुँदैन भने प्रतिक्रियाहरु समेत व्यक्त भएका छन् ।
लहान मधेश आन्दोलनको जननी भएको ठामँउमा पनि युवा मजदुर किसान लगायत अधिकांश जनताको मनमा नेकपाले नै देशको मुहार फेर्नेमा ढुक्क रहेको नेकपाका अर्का जिल्ला कमिटि सदस्य विष्णु लाल साहले भन्दै दुबै पाटी एक हुँदा लहानले दिपावली गरेर एकताको स्वागत गरेकोले यतिवेला कुनै हालतमा पाटी फुट्न नहुने सन्देस प्रवाह गर्न आवाज उठ्नुलाई राम्रै अर्थमा लिनुपर्ने बताउनुभयो ।
प्रेस संगठन सिरहाका सदस्य तथा संचारकर्मी यमुना खनाल भन्नुहुन्छ,पाटीलाइए एकतावद्ध गर्न नेताहरु गम्भीर हुन नसके दबाब दिन आवश्यक छ । प्रचण्ड र ओलीले एकताको लागि गरेको योगदानलाई स्मरण गराउन नेता कार्यकर्ताहरु शान्तीपूर्ण ढंगवाट दबाब सुजना गर्नु लगाएको बालीलाई रक्षा गर्नु धर्म र कर्म पनि हो, यहि अर्थमा बुझ्न जरुरी छ ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A