जिवछ उदासी÷फिरोज सिद्धिकी
लहानचोक देखि ४ किलोमिटर पश्चिम धनगडीमाई नगरपालिकासँग सीमा जोडिएको लहान १३ प्लाइउड नयाँ वस्ती बसाउन र सबैको दुख सुखमा साथ दिइने स्थानीय सुखीपूर नगरपालिका ४ का वडाध्यक्ष राम लोभित यादवलाई महिलाहरुको बीचमा भएको झैझग्डामा मुछिएर फसाउन षडयन्त्र भइरहेको स्थानीयहरुले बताएका छन् ।
स्थानीय कृष्ण शर्मा र रागनी सिंह दुनुवार भन्नुहुन्छ १२ वर्ष अघि बसेको नयाँ बस्तीमा समान्य झैझगडा हुँदा पनि सबैलाई मिलाउने शान्ती कायम गर्नें सबैको मन दिलमा बस्ने राम लोभित यादवलाई स्थानीय ममता यादवले ब्लाकमेल गरेर षडयन्त्रमा फसाउन खोजेको छ । असार १० गते ममता यादवले वडाध्यक्ष यादवकी बुहारी रीता यादव र रेखा यादवलाई निहुँ खोजेर गाली गर्न थालेपछि भएको झगडामा धक्काधुक्की हुँदा लडेर ममतालाई चोटपटक लगााँउदा वडाध्यक्ष यादवले सबैको सहमतिमा वडाध्यक्ष यादवले घरपरिवारका छोरी बुहारीसँगको धककमधुक्कामा चोटपटक लाग्दा ६० हजार उपचार खर्च तिरिदिनुभयो । अहिले ममता केहि व्यक्तिहरुको उक्साहटमा दस लाख मेरो खातामा जम्मा गरिदिए मात्रै छाडने नत्र झगडाको वेला उपस्थित नै नरहेको वडाध्यक्ष यादवलाई मुद्दामा फसाउने षडयन्त्र गरिरहेको छ । यसरी चरित्र हत्या गर्न थालियो भने समाजमा भलादमी मानिसहरु कसरी बस्ने ? ममताको गतिविधिले समाज पटक पटक समस्या भइरहेको छ ।
नयाँ वस्तीसँग जोडिएको नजिकको वडा लहान २२ का वडाध्यक्ष विन्देश्वर यादवले पत्रकार सम्मेलनमा भन्नुभयो,राम लोभित नेकपाको नेता र निर्वाचित सुखीपूरको वडाध्यक्ष भएपनि उहाँ समाजसेवी मृदभाषी र जनसेवी नेता हुनुहुन्छ ,उहाँलाई फसाउनको लागि विभिन्न जालझेल भइरहेको सुनेर हामी स्थानीयहरु स्वर्तफूर्त रुपमा भेला भएर यस्तो हुनु हुँदैन , ममताले पटक पटक विवाद र निहुँ खोज्ने मारपिट र गाली गलौजमा उत्रिने गरेको विभिन्न घट्नाहरु घटेका छन् । समाज जोगाउने रक्षा गर्नेमाथि नै यस्तो प्रपञ्च हुनु राम्रो होइन, पत्रकारहरुले सहि सत्य बाहिर ल्याइ दिनुपरयो ।
अर्का स्थानीय राजेन्द्र साहले भन्नुभयो,प्लाइउड नयाँ बस्तीका स्थानीयहरुको प्यारो नेता राम लोभित यादवलाई फसाउन सुखीपूरका केहि विपक्षीहरु आएर ममतालाई उक्साएर दस लाख माग गरेर चरित्र हत्या गर्न लागि परेको छ । यसको सहि सत्य छानविन हुनुुपर्छ ।
लहान १३ का वडाध्यक्ष इश्वर वस्नेतका अनुसार राम लोभित यादवलाई फसाउने षडयन्त्र हाम्रो लागि समाजको लागि सहय हुँदैन । समाजको निर्णय अनुसार सबै उपचार खर्च तिरिदिएर समाजमा साम्य भैसकेको झगडालाई उचालेर राजनीतिक स्वार्थपूर्तिमा लागेको छ । यो स्थानीयहरुलाई मान्य छैन । जसले बस्ती बसायो , आज उसैलाई आरोपित गरेर समाजिक कलंक लगाउने काम गर्न ममतालाई उक्साउने काम निन्दनीय हो ।
असार ७ गते राम लोभित यादवका छोरी बुहारी र ममता यादवबीच गाली गलौज र झगडा हुँदा लडेर ममताको करङगको हाड भाँचिएपछि इलाका प्रहरी कार्यालय लहानमा उजुरी गर्दा वडाध्यक्ष राम लोभित यादवले उपचारमा लागेका सबै खर्च व्यहोरो पनि ब्लाकमेल गर्नको लागि दस लाख खातामा जम्मा गर्न फेरि माग गर्न थालेपछि पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्न जुटन बाध्य भएको स्थानीयहरुको भनाइ रहेका छन् ।
केहि दिन अगाडि ममता यादवले वडाध्यक्ष राम लोभित यादव आफै उपस्थित भएर उहाँको परिवारका सबै जना मिलेर गाई गोरु जस्तो लाठीले पिटेर मेरो करङग नै भाँची दिएपछि ओछयानबाट उठ्न वस्न समेत नसकेर थला परेको ममताले पत्रकार सम्मेलनमा जानकारी गराएकी थिइन । ममताका पति मनिकलाल यादव वैदेशिक रोजगारमा रहेको वेला दुई छोरी र एक छोराका साथ नयाँ वस्तीमा बस्दै आइरहेकी ममता यादवले उपचार र न्यायको लागि पत्रकार सम्मेलन गरेको जनाएकी थिइन ।
सुखीपूर नगरपालिका ४ नम्वर वडामा निर्वाचित भएर दुई पटक उत्कृष्ट वडाधयक्षको रुपमा समेत सम्मनित भैसकेको जानकारी गराँउदै वडाधयक्ष राम लोभित यादवले भन्नुभयो, मेरो घर परिवारका छोरी बुहारीलाई पटक पटक गाली गर्ने ममता यादवलाई विनम्र भाषामा पटक पटक सम्झाउने बुझाउने गरेको थिए । असार ७ गते आइतबार झगडा भएको वेला म उपस्थित थिइन । तैपनि मेरो चरित्र हत्या गर्न यतिवेला दस लाख नगरद र थुक चाट्ुनुपर्ने शर्त तेर्साएर अरुको उक्साहटमा लागि परेको बताउनुभयो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A