लहानमा मेलमिलाप सम्बन्धि आधारभूत तालीम सम्पन्न

  • असार २८, २०७७
  • समृद्धिपथ
alt

रविन्द्र श्रेष्ठ

लहान । लहान नगरपालिकाको आयोजनामा संचालित आधारभूत मेलमिलाप कर्ता तालीम सम्पन्न भएको छ । स्थानीय स्तरमा हुने कानुनी विवाद एवम् आपसी मनमुटाव समाधानका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले आयोजित तालिम आइतबार सम्पन्न भएको हो ।

स्थानीयस्तरमा हुने विवाद तथा झै–झगडाहरुलाइ मेलमिलापको माध्यमबाट समाधानका लागि सहजीकरण गर्न मेलमिलापकर्ताहरुलाई तालीम दिइएको लहान नगरपालिकाको उपप्रमुख एवम् स्थानीय न्यायीक समितिको संयोजक सिरयार कुमारी चौधरीले जानकारी दिनु भयो ।

उहाँले तालीमले स्थानीय स्तरमा हुने जुनसुकै विवाद तथा आपसी मनमुटावहरु दुवै पक्षको जित हुने गरि मेलमिलाप गराउन सहज हुने बताउनु भयो ।

कार्यक्रममा उपप्रमुख चौधरीले मेलमिलाप कर्ताहरुले समाजमा हुने लैङ्गिक तथा घरेलुु हिंसाको निरुपण गर्नुपर्ने हुन्छ । महिला माथि गरिने शारीरिक, यौनिक, मानसिक एवम् हिंसात्मक ब्यवहार भित्र महिला माथि गरिने कुटपिट, घरभित्र वालिका उपर गरिने यौन शोषण, दाइजोको कारण गरिने दुव्र्यवहारहरु, वैबाहिक जीवन भित्र बलात्कार साथै आफ्नै घर परिवारबाट शारीरिक, आर्थिक वा यौन जन्य दुव्र्यवहर हुने गरेको बताउनु भयो ।

तालिमको समापन गर्दै नगर उपप्रमुख चौधरीले तालीममा सिकेका कुरा व्यवहारमा कार्यन्वयन गरि स्थानीय सरकारको न्यायिक क्षेत्रमा सहयोग गर्न मेलमिलाप कर्ताहरुलाइ आग्रह गर्दै स्थानीय सरकारका थुप्रै जिम्मेवारी मध्ये न्यायीक क्षेत्र पनि एक गहन विषय भएको भन्दै मेलमिलापकर्ताको तालिम पश्चात यसमा सहयोग पुग्ने अपेक्षा रहेको बताउनु भयो ।

melmilap 1

समापन कार्यक्रममा स्वागत मनतब्य तथा कार्यक्रम संचालन लहान नगरपालिकाको कार्यकारिणी सदस्य तथा न्यायिक समिति सदस्य देब शरण पंडितले गर्नुभएको थियो ।

कार्यक्रममा प्रशिक्षकद्वय वेग बहादुर घिमिरे, पार्वती भट्टराई, न्यायिक समितिका सदस्य शान्ति देवी सदाय, कानुनी सल्लाहकार प्रमोद कुमार भट्टराईको समेत उपस्थित रहेको थियो ।

कार्यक्रममा तालिममा सहभागीहरु मध्येबाट रबिन्द्र कुमार श्रेष्ठ, बिनोद प्रसाद गुप्ता, लाल बहादुर कामैत, रेखा साह, मुसहरु यादव तथा प्रमिला पाण्डेले समेत तालिमको उपलब्धि बारे प्रकाश पार्नुभएको थियो ।

८ दिनसम्म संचालित तालीममा लहान नगरपालिकाका विभिन्न वडाका १८ जना सहभागी मेलमिलाप कर्ताहरुलाई तालिम पश्चात उपप्रमुख चौधरीले प्रमाणपत्र बितरण गर्नुभएको थियो । समाजमा हुने झगडाका कारण र समस्या समाधान गर्ने उपायाहरु, दुवैपक्षको जित हुने गर्न सकिने मेलमिलापका तरिकाहरु तथा समाजमा शान्ति एवम् अमनचयनका लागि मेलमिलापकर्ताहरुले खेल्नु पर्ने भुमिका लगाएतका विषयमा सहजीकरण गरिएको आयोजकले जनाएको छ ।

melmilap 3

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A