जिवछ उदासी
लहान,लहान नगरपालिका ४ को ऐलानी जग्गामा सुक्मवासी मुश्लिम समुदायहरुले बसोबास गरेको नयाँ बस्ती इस्लामपूवासीहरु रातभरि नै जग्राम बस्छन । अकाशमा बादल लागेपछि हुने मुशलधारे वर्षाले आउने बाढीको वेगले बाँध भत्काएर बस्तीमा बलान र खुटी नदीको पानी पसेर वस्ती नै बगाउने भयले रातभरी नै नसुत्ने गरेको स्थानीयहरुले पीडा पोखेका छन् ।
दुई दिन यता आएको बाढीले पश्चिमपटिको किनार भत्काउन मुश्किलले दस मिटर जति बाँकी छ । राती जोडले वर्षा भयो भने दैवको कुनै चमत्कार भए मात्रै बस्ती जोगिन्छ नत्र बस्ती नै बगाउने ६० वर्षिय मो ममुम्ताजले भन्दै शनिबार राती ११ बजे बाँध भत्किएर बाढी आयो भने हल्ला भयो । हामी गाँउका सबै अग्लो ठाँउमा गएर उभियौ । मोवाइलबाट स्थानीय नेकपाका नेता मो जबारुलले नगरप्रमुख मुनि साहलाई फोन गर्दा प्रमुख साह प्रहरी प्रशासन सहित रातीमा नै आएर प्लाष्टिक त्रिपाल लिएर आउनुभयो । उहाँ वर्षा लागेपछि कैयौ पटक आएर बाध नभत्कियोस त्यसको लागि प्रयास गर्नुभयो । सिंचाई कार्यालय लहानको सहयोगमा बाँसको टाटी बनाएर सात दिनदेखि गाडेपनि रोकथाम हुने देखिएको छैन । शनिबारको वाढीले सबै वाँस बगाएर लगिसक्यो । आजसम्म जसोतसो बाचिएपनि आइतबारको राती ठूलो बाढी आउने हो भने इस्लामपुर रहला कि नरहला पीर छ । आजपनि रातभरि जग्राम नै बस्नुपर्छ ।
काखमा नवजात शिशु लिएर बलानको बाँधमा उभिरहेकी समिना खातुनले भनिन्,४ बजे नै खाना खाइहाल्छौ, भाडावर्तन सबै बोरामा कसेर तयारी अवस्थामा छौ । कतिखेर बस्तीमा बाढी पसेर बगाउने हो कुनै ठेगान छैन । अल्लाहले जोगाए जोगिने हो बस्ती । नगरपालिकाको पहलमा भएका प्रयासहरु सराहनीय भएपनि बालुवाको बाँध वलान र खुटी खोलाको दोभानमा आएको वेगले थाम्ला जस्तो छैन । बाढीको डरले दिनभरि बालबालिकाहरुलाई लिएर कतिखेर उठिवास हुने हे भय छ ।
अर्का स्थानीय मो. इद्रिसका अनुसार बलान गतवर्षसम्म बीचबाट बगिरहेको थियो । यसवर्ष पश्चिम किनारा कटान गर्नुको कारण दिनरात सयौ ट्याक्टरमा बलान नदीबाट बालुवा लगेको कारण पश्चिम किनारा गहिरो भयो । यसवर्ष सुरु असारमै आएको समान्य बाढीले नै कटान सुरु गर्न थाल्यो ।
लहान ३ का ६५ वर्षिय झमेली महतो भन्नुहुन्छ, दुई सय मिटर चौडा बलान नदी केही दशक यता झण्डै एक किलोमिटर बहाव क्षेत्र बनाएर अहिले वगिरहेको छ । कुनै वेला पूर्वपटि सप्तीतिर कटान गर्दथे केहि दशक यता पश्चिम सिरहाको किनार लहानको,३, ४,१७,१९ र २३,नम्बर वडा हुँदै सखुवानन्कारकटि गाँउपालिका र भगवानपूर गाँउपालिका गरी हजारौ विगहा उर्वर जमीन कटान गरिसकेको छ । यसलाई नियणत्रण नगर्ने हो भने उर्वर जमीन काटेरकतिलाई त सुकम्वासी बनायो अब बस्तीमा नै प्रवेस गरेर उठिवास हुने वेला हुन थालेको छ ।
बलान नदीको कटानले विकराल रुप लिन थालेकोले यसको नियणत्रण हुनुपर्ने लहान नगरपालिका, सखुवानन्कारकटि र भगवानपूर नगरपालिकाका स्थानीयहरुको माग गरिहेपनि कुनै ठोस कार्यक्रम प्रदेश र संघीय सरकारबाट नआएको लहान २३ का अशेश्वर यादवको भनाई छ ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A