लागु औषधमुक्त समाज निर्माणको लागि नवजीवन कार्यक्रमको प्रभावकारिता

  • असार २९, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
लहान असार २९ गते ।
लहान नगरपालिका देशकै सबैभन्दा ठूलो २४ वटा वडा भएको नगरपालिका हो । उत्तरमा चूरे महाभारत क्षेत्र दक्षिणमा सखुवानन्कारकटि पश्चिममा धनगडीमाई नगरपालिका र पूर्वमा बलान नदी सीमाना रहेको यस नगरपालिकामा मधेशी, पहाडी,दलित,जनजाती र मुस्लिम समुदायको समेत बाक्लो जनसंख्या रहेको छ । विकासको प्रतिस्पर्धामा समेत फड्को मारिरहेको यस नगरपालिकाले भौतिक विकास मात्रै होइन,समाजिक र नैतिक विकास समेत हुनुपर्छ भने पक्षमा रुचि लिएर काम गरेको देखिन्छ । लहान नगरपालिकाको न्यायिक समिति समेत अन्य पालिकाहरुभन्दा सक्रिय रहेको कामले परिणमले बोलिरहेको छ । नगरप्रमुख मुनि साहले एक दिन संचारकर्मीहरुसँगको भेटमा बहुत गम्भीर मुद्रमा भन्नुभयो,लहानका एफएमहरुको माध्यमबाट लागु औषध नियणत्रण सम्बन्धि कार्यक्रम तयार गरेर प्रसारण गर्नुस । यसमा लहान नगरपालिकाले सहयोग गर्छ । उहाँको गम्भीरतालाई मध्यनजर गर्दै ९३ मेगाहर्ज रेडियो सरगमको माध्यमबाट बैशाख जेठ असार तीन महिना प्रत्येक शनिबार विहान ९ बजेदेखि १० बजेसम्म नव जीवन कार्यक्रमको नाम दिएर संचालन पनि गरियो । कार्यक्रम संचालनको जिम्मा रेडियो संचालक फिरोज शेखले मलाई नै दिएकोले बहुत उत्सुक भएर यस कार्यक्रमलाई संचालन पनि गरे । सुरुमा त मलाई लाग्यो, म राजनीतिक , समाजिक विषयमा रेडियो सरगम सम्बाद चलाउने प्रस्तोताबाट कति नै प्रभावकारी होला भने लाग्यो ? तर दुई शनिबार यस कार्यक्रमको प्रसारणपछि यस कार्यक्रमले समाजमा राम्रो सन्देस प्रभाव भइरहेको छ श्रोताहरुबाट प्रतिक्रिया आउन थाल्यो । यसले मलाई पनि प्रेत्साहित गरियो । श्रोताको मायाले रेडियोमा कार्यक्रम संचालन गर्नेहरुलाई धेरै हिम्मत र सहास दिदो रहेछ मैले मात्रै होइन,सबै प्रस्तोताहरुको यहि अनुभव रहेको हुनुपर्छ मलाई लाग्छ ।

laguaasadh lekh 1
कार्यक्रको उद्घाट्न लहान नगरपालिकाको जगरप्रमुख मुनि साहबाट गराएर पहिलो सम्बाद उहाँसँगै राख्दा उहाँले बहुत महत्पूर्ण विचारहरु राख्दैैभन्नुभयो,लागु औषध त समाजको लागि क्यान्सर रोग जस्तो खतरनाक रुपमा प्रवेश गरिसकेको छ । सुरुमा अभिभावक समाज कसैलाई थहा हुादैन, मेरो छोरा यस लतमा लागेको छ । जब यस लतमा डुबिसकेपछि आँखा रातो हुन थाल्छ । नासाको भाषामा हिंसा र असभ्य वयवहारहरु देखाउन थाल्छ । त्यतिवेलासम्ममा धेरै कुरा विग्रिसकेको हुन्छ । यसले परिवार समाज देश र प्रदेश सबैको लागि विकराल समस्या भएर समाजमा प्रवेश गरिसकेको छ । युवा शक्ति नै यसको लतमा परेर दुर्गामी असर पार्ने भएकोले यसको नियणत्रण आवश्यक रहेको छ ।
सिरहाका पूर्व प्रहरी प्रमुख उपरीक्षक उमा प्रसाद चतुर्वेदीले पनि सरगम सम्बादमा महत्पूर्ण कुरा बहिर ल्याउनुभयो । उहाँको तर्क थियो–प्रहरीको एकल प्रयासले यो समस्या समाधान हुने छैन । खुल्ला सीमानाले शान्ती सुरक्षाको लागि लागु औषधको कारोबार टाउको दुखाइको विषय भएको छ । लागु औषध निणत्रणको लागि सामाजका हरेक तह तप्काका सबै वर्गले यसमा तत्परताको साथ लाग्नुपर्छ ।

lagu aausadh bikral samasya  lekha.2
यस नवजीवन कार्यक्रमका शृङखलाहरुमा विभिन्न क्षेत्रका सरोकारवालाहरुको तर्कहरु प्रसारण गरियो । लागु औषधमा लागेर बर्बादीको बाटोमा लागि सकेर शिक्षा चेतनाको माध्यमबाट नव जीवन पाएर यतिवेला समाजमा सुख शान्ति भातृत्व र अधयात्मका सन्देस प्रवाह गरिरहनु भएको ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र लहानका बबिन बस्नेतको अनुभववहरु समेत उदहरणीय रहयो । नेपाली काँग्रेसका युवा नेता शैलेनद्र यादव , नेकपाका युवा नेता राम पृत राम, महिला मानव अधिकारकर्मी रेणु कर्ण ,लहान सिटी जेसिसका बसन्त साह, मुश्लिम वेल फेयर सोसाइटी लहानका अध्यक्ष मो इसराइल,आमा अभिभावक गीता साह, समाजसेवी फूलेश्वर महतो,स्वास्थ्यको क्षेत्रबाट लहान नगरपालिका स्वास्थ्य संयोजक राम सुन्दर यादव , वडाध्यक्ष राकेश रोशन गुप्ता,शिक्षा क्षेत्रका अगुवाहरु क्रमशःसजन कुमार साह, जय प्रकाश चौधरी र चक्र दाहाल लगायतका व्यक्तिहरुबाट आएका अमूल्य सुझावहरुले लागु औषध नियणत्रणको लागि लहान नगरपालिकाले अनुकरणीय र प्रेरणादायी कार्यक्रम संचालन गरेर राम्रो काम गरेकोले यस कार्यक्रमहरुलाई सिरहा जिल्लाका १७ वटै स्थानीय तहले बजेट विनियोजन गरेर लगानी निगरानी बढााउनुपर्ने आवश्यक्ता छ ।


महत्पूर्ण समय दिएर लागु औषध नियणत्रणको लागि अमूल्य सुझावहरुमा पहिलो पाठशाला हरेक वालवालिकाहरुको लागि घर नै भएकोले हरेक आमा बुवाले आफ्नो छोराहरु साँझ विहान कहाँ कस्तो संगतमा हिडिरहेको छ, ध्यान दिन जरुरी छ । मदिरा, सुर्ती, चुरोट खाने वानी अभिभावकहरुले पनि छोडनुपरयो । खुल्ला दिशामुक्त गर्न जसरी राष्ट्रिय अभियान लागु गरियो त्यस्तै अभियान सरकारबाट आउन जरुरी छ । भारतीय सीमा क्षेत्रमा नेपाल–भारत दुबै देशका अगुवा सुरक्षाकर्मीहरुलाई राखेर निगरानी बढाउन त्यतिकै जरुरी छ । प्रहरीलाई वेलैमा सूचना दिएर यसको कारोबारमा लाग्नेहरुको सञ्जाल भत्काउनुपर्छ । शिक्षक स्वास्थ्यकर्मी,राजनीतिक दलका अगुवाहरु र जनप्रतिनिधिहरुले सबै मिलेर हरेक वडा स्तरीय लागु औषधमुक्त समाज बनाउने अठोटका साथ अघि वढ्नुपरयो । शिक्षा चेतना,कानुनी र अन्य परामर्शका कार्यहरु समेत गरेर मिशनका साथ लागेर लागु औषध सेवन गर्ने युवाहरुलाई सहि पथमा ल्याउन जरुरी छ ।
यी त भए नवजीवन कार्यक्रममा व्यक्त भएका महत्पूर्ण सुझावहरु । लागु औषध सेवनको लतमा लागेका आफना छोराहरुलाई सहि लिकमा ल्याउन लाखौ खर्चिरहेका आमा अभिभावकहरुको पीडा सहि नसक्नु छ । कति आमाहरु कार्यक्रम त निकै प्रभावकारी भयो । अब यस लतबाट छुटकारा दिलाउन स्थानीय सरकार र प्रहरी प्रशासनले प्रभावकारी कदम चाल्न पनि पहल गरिदिनुस । मेरो एउटै छोरा सुन्दर सपना सजाएर पढन बाहिर पठाए । त्यहाँबाट पढेर ज्ञानी भएर आउनेछ ठानेका थिए तर लागु औषधको बानी सिकेर आएको छ । कति आमा अभिभावले त जुन सरकारले लागु औषधको लतबाट मेरो छोरालाई मुक्त गराई दिनेछ, त्यो सरकारका प्रमुखलाई भगवान ठानेर अगरवत्ती वाल्नेसम्मको पनि भाव प्रकट गरेको छ । लागु औषधमा लाग्नेहरुको संख्या र झुण्ड हेर्दा समाजमा कुनै कुनै घर मात्रै छुटेको छ । के गरीव के धी सबै वर्गमा यसको नाकारात्मक प्रभाव परिसकेको छ । लकडाउनको अवस्थामा समेत लागु औषधको सेवनको वानी छुटेन । पहिले पहिले त एक आध जना लागु औषधको सेवन गर्ने हुन्थे । डराएर सेव नगर्थै । अचेल त लागु औषध सेवन गर्नेहरुको झुण्ड हेर्दा समाज नै भयभित भइरहेको छ ।

lagu aausadh bikral samasya  lekha.3
लहानबाट सुरु भएको यो अभियानलाई सिरहाको हरेक स्थानीय सरकारले यस अभियानमा लाग्नको लागि समिति बनाएर व्यापक जन चेतना गर्दै लागु औषधमुक्त समाज निर्माणको अभियानलाई निरन्तरता दिन आवश्यक छ । बालबालिकाहरुलाई सानैदेखि नैतिक ,परिवारिक र सामकाजिक शिक्षको माध्यमबाट चरित्रवान बनाउन पहल थाल्नुपर्छ । साझ विहान अनिवार्य रुपमा घरमा पढन बसाउने बानी लगाउनुपर्छ । मद्यपान धुम्रपान सुति सेवन लगायतका लत अभिभावकले पनि त्याग्नुपर्छ । स्थानीय सरकारले भौतिक विकासमा मात्रै बजेट विनियोजन नगरी नैतिक र सामाजिक अचरण निमौणको लागि सामाजिक अगुवाहरुलाई परिचालन गर्न समेत बजेट विनियोजन गर्न आवश्यक छ । यस वर्ष लहान नगरपालिकाले लागु औषध सम्बन्धी कार्यक्रम सम्पन्न गरेर राम्रो काम गरेको छ । आउने वर्ष अन्य पालिकाहरुले यस कार्यक्रमलाई प्राथसमकतामा राख्न जरुरी छ भने दाइजो प्रथा उन्मूलन नारी शिक्षामका जोड मृत भोज जस्ता सामाजिक विकृतिहरु हटाउन सामाजिक न्यायको लागि समेत ध्यान जान जरुरी छ । समाजवाट सबैप्रकारको हिंसाको अन्तय,सामाजिक दिभाव कायम र समृद्धिको लागि भ्रष्टाचारमुक्त संस्कृति निर्माणमा ध्यान नगए नेपाली समाज सभ्य र समुन्नत हुन सक्दैन । यतातर्फ पनि ध्यान जाओस ।

 

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A