जिवछ उदासी/फिरोज सिद्धिकी
लहान,सिरहा १ (ख) प्रदेशसभा सदस्य अशोक कुमार यादवले यस वर्ष उदाहरणीय विकास निर्माणका कामहरु गरेकोले त्यस क्षेत्रका स्थानीयहरु खुसी भएका छन् । यसरी नै विकास निर्माण प्रत्येक वर्ष सफल भए यस क्षेत्रका अधिकांश समस्याहरु समाधान हृुने बताएका छन् ।
लहान २० पडरिया र हरिनगर जोडने सपही नदीमा पूल निर्माण गरि दिएर यस भेगमा राम्रो काम गर्नु भएको स्थानीय बुचन सदायले भन्दै लकडाउनले गर्दा ढिलो काम सुरु भएपनि राम्रो र भरपर्दो पुल निर्माण गरि दिनुभयो । यो दिगो विकासको एउटा उदाहरणीय काम हो । वर्षातले गर्दा माटो भर्न वाँकी छ । आउने वर्षदेखि पूर्ण रुपमा यो समस्या समाधान भयो । लहान नगरपालिकाको २० नम्वर वडामा गरेको सहयोगको लागि यस वडाको तर्फबाट प्रदेश सभा सदस्यलाई हृदयदेखि धन्यवाद ज्ञापन गर्न चान्छौ,त्यस वडाका जनप्रतिनिधिहरु क्रमशः वडाधयक्ष गणेश चौधरी सदस्य लक्षमण साह , भुलकुन रामले धन्यवाद ज्ञापन गर्नुभयो ।
यसैगरी लहान १९ कटहामा पनि पक्की पूल निर्माण गरि दिएको कल्भर्ट पनि पक्की र ठोस कार्य रहेको त्यस वडाका श्री देव यादवले भन्दै दिगो विकासको लागि उदाहरणीय काम भएको छ । प्रदेश सभा सदस्य यादवले ठोस कार्य गर्नुभयो । उहाँको अनुसार यस वडामा लहान नगरपालिकाका नगर योजना , वडा स्तरीय योजना र प्रदेशसभा सदस्यबाट थप भएको कार्य प्रशंसनीय नै रहेको छ ।
सखुवानन्कारकटी गाँउपालिका २ सोठियानमा रहेको महराजी पोखरीको पूर्वपटिको डील भत्किएर वाटो नै बन्द हुने अवस्थामा पुगेको स्थानीय शैलेन्द्र यादवले भन्दै प्रदेश सभा सदस्य अशोक कुमार यादवले दिएको २२ लाख रकमबाट स्तरीय र रमणीय टिकाउ क्रेटिङग निर्माण कार्य गरी दिएर ठूलो राहत यस भेगका जनतालाई भएको छ । लहानदेखि भारतीय सीमासम्म जाने सडकको मर्मत र पोखरीको सौन्दर्यकरण कार्यले छठ पर्व मनाउन ,नुहाउन अति व्यवस्थित भयो, यस कार्यले वडा सोठियाइन गाँउले नै खुसी भएको वडाध्यक्ष विल्टु यादवको भनाई रहेको छ ।
सखुवानन्कारकटि ३ दिनाजपुर गाँउमा ढलान सडक ,महदेवमा पोषण पोखरीमा चौतारा निर्माण र गत वर्ष त्रिमूर्ति चोकसम्म गरेको पीच सडक निर्माण,इटहर्वा पोखरीको क्रेटिङग निर्माण ,लहान २१ बेतहामा गरीव दलितहरुको लागि सय जना सम्म मेहमान अतिथि सुत्न बस्न सक्ने भवन निर्माण, गत वर्ष पोर्ताहा माविको दुई तल्ले भवन निर्माण ,सखुवानन्कारकटि बेतहा र परिहारपुर जोड्ने सडक लगायतका कार्यहरु अति नै प्रशंसनीय र जनहित हुने कार्य प्रदेशसभा सदस्यले गर्नु भएको महदेवा पोर्ताहा गाविसका पूर्व गाविस अध्यक्ष समेत रहनु भएको राम नारायण यादवले बताउनुभयो ।
लहान २ मा रहेको मुसहर समुदायको वस्तीमा समेत डलान सडक निर्माण गरेर त्यस वसतीलाई हिलोमुक्त र धूलोमुक्त बनाउनुको साथै लक्ष्मीपूर पतारीकाको महेशपुरमा विद्युतीकरण र त्यसै गाँउपालिकाको पोखरभिण्डामा मुश्लिम समुदायको गबुरगाह लगायत दर्जनौ मन्दिर निर्माण कार्य सम्पन्न गर्नु भएको प्रदेशसभा सदस्य आफ्नो क्षेत्रमा सक्रियतापूर्वक लागि रहनु भएको त्यस क्षेत्रका जनताहरुले मुक्तकण्ठाले प्रशंसा गर्न थाल्नु भएको छ । नेपाली काँग्रेसका पूरानो र त्यागी नेता सूर्य नारायण यादव भन्नुहुन्छ,अशोक यादवले अन्य दलका नेता अगुवाहरुसँग समेत मिलेर काम गरेको देखिएको छ । कहिलेकाही हामीसँग सरसल्लाह गर्ने बानी माननीय यादवमा राम्रो गुण देखिएको छ ।

सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A