पार्टीले आश्वाशन दिएर झुक्याइरहेपनि इमानदारितामा कमि गरिन्नँ : सुर्य नारायण यादव

  • साउन १, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी

लहान, सिरहा जिल्लाको हाल सखुवानन्कारकटि २ जगतपुरमा जन्मिनु भएको सुर्य नारायण यादव त्यस भेगका मात्रै हेइन, जिल्ला र प्रदेश २ कै एक चर्चित नेपाली काँग्रेस नेताको रुपमा परिचित हुनुहुन्छ ।

उहाँसँग कुनै पनि पार्टीको नेताले उच्च आदरका साथ व्यवहार गर्न हिचकिचाउदैन । सदा जीवन उच्च विचारको धनी यादव भारतीय नेता राम मनोहर लोहियाको विचारबाट प्रेरित भएर २० वर्षकै उमेरदेखि नेपाल विधार्थीसंघको राजनीतिबाट राजनीति यात्रा थाल्नु भएको थियो । यादव निरन्तर ५३ वर्षसम्म नेपाली काँग्रेसको झण्डा र सिद्यान्तलाई बोकेर अथक योद्धाको रुपमा सक्रिय रहँदै आउनु भएको छ । यादवलाई नेपाली काँग्रेसले कहिलो पनि योगदानको आधारमा ठाँउमा पुरयाउन नसकेपनि पाटीप्रति कहिलेपनि गद्यारी गर्नुभएन ।

समृद्धिपथ अनलाइनसँग यादवले भन्नुभयो,नेपाली काँग्रेस लगायत अन्य दलहरुमा समेत इमानदार नेताहरु पछि पर्नुले लोकतन्त्रको आधार स्तम्भ कहि कमजोर त हुन लागेको छैन भने कोणबाट सोच्न जरुरी छ । यस विषयमा नेपाली काँग्रेस पाटीले समिक्षा गर्न जरुरी छ । ५३ वर्षको लगानी नेपाली काँग्रेसको लागि लगाए पनि दोश्रो संविधान सभामा टिकत त पाए तर थारै मतले परजित भए । यसपटक सिरहा १ का निर्वाचित सांसद प्रदिप गिरीले चुनावको प्रचार प्रसार लहान १५ पञ्चावती राजदेवी मन्दिरबाट सुरु गर्दा गिरीले राष्ट्रिय सभामा लैजाने प्रतिवद्धता आम अगुवा कार्यकर्ता समक्ष गरेपनि मलाई धोका दिनुभयो । यस्तो धोका अन्य नेताहरुबाट समेत कति पटक पाइसकेको छु ।

आफू प्रदिप गिरीको साथमा रहेर कृष्ण प्रसाद भट्टराइको खेमामा रहेर केहि पाउन नसकेर निरासिएको अवस्थामा गिरिजा प्रसाद कोइरालासँग भेटेर आफ्नो पीडा सुनाँउदा जेठो छोरा मनोज यादव इन्सपेक्टरमा भर्ना भएर अहिले एसपी सम्म भयो । यो गिरिजाबाबुको देन हो । छोरा मनोज आज काम नपाएको भए मेरो अवस्था अति नै दयनीय हुने थियो ।

उहाँले पुरानो अनुभव साट्दै भन्नुभयो, २०४६ सालमा पहिलो चुनावमा प्रदिप गिरीकै सललाहमा स्वतन्त्र उम्मेदबार भएर चुनाव उठे । त्यतिवेला चुनावमा पनि पराजित भए । प्रदिप गिरीले पटक पटक मलाई अश्वासन दिएर पछाडि पार्ने काम मात्रै गर्नुभयो । यसपटक पनि राष्ट्रियसभामा पुरयाउने आश्वासन दिएर विश्वासघात गर्नुभयो । राजनीतिमा इमानदारीताको ठूलो महत्व हुन्छ । नेपाली काँग्रेसको एक सशक्त योद्धा भएको कारण जनता स्तरमा मेरो मान सम्मान र प्रतिष्ठा रहेकोले म आत्मसन्तुष्ट रहेको छु । चुनाव जितेर गएपछि प्रदिप गिरी क्षेत्रमा जनतासँग भेटघाटमा नआउदा गुनसो सुन्नु परिरहेको छ । नेता जनताको माझमा नै हुनुपर्ने लोकतान्त्रिक मान्यता पनि रहेको उहाँले प्रष्टयाँउदै अब राजनीतिमा पनि शुद्धिकरणको आवश्यक्ता छ । नेपाली काँग्रेसको हुने महाधिवेशनमा इमानदार नेतृत्वको चयनको लागि वातावरण बन्नुपर्ने भएकोले आफनो ध्यान यचातर्फ मोडिएको छ ।

अहिले नेपाल भारतको सम्वन्धको विषयमा के भन्नुहुन्छ भने जिज्ञासामा उहाँले भन्नुभयो, नेपालको सम्बन्ध भारत र चीन दुबै देशसँग सन्तुलित नै रहनुपर्छ । नागरिकता र धर्मको विषयमा नेकपाको सरकारले होस पुरयाएर काम गर्दा राम्रो हुनेछ । भर्खरै प्रधानमन्त्री केपी ओलीले राम नेपालमै जन्मेको कुरा ख्याल ठटामा भन्नहुँदैन्थ्यो । प्रधानमन्त्रीले बोलेको कुरा संवैधानिक, कानुनी, कुटनीतिज्ञ महत्व समेत राख्ने भएकोले विना प्रमाण हल्का कुरा गर्नु हुँदैन्थ्यो ।

 

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A