संघ संगठन गठन गर्न नदिने सरकार लोकतान्त्रिक हुनै सक्दैन : राज्यमन्त्री मण्डल

  • साउन २, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी / फिरोज सिद्धिकी

लहान । प्रदेश २ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सुरेश मण्डलले कर्मचारीहरुलाई पेशागत माँग संघ संगठन गठन गर्न नदिने सरकार लोकतानित्रक हुनै नसक्ने बताउनु भएको छ ।

संघीय निजामति कर्मचारी सेवा ऐन विधेयकप्रति निजामति कर्मचारीहरुको असहमति विषय अन्तरक्रियालाई शुक्रवार लहानमा सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।

संघीय केपी ओलीको सरकार निरंकुश बन्दै गइरहेको मन्त्री मण्डलले दाबी गर्दै कर्मचारीहरुले आफ्नो लोकतान्त्रिक अधिकारको लागि गरिने हरेक आन्दोलनमा प्रदेश २ सरकारको सहयोग र साथ रहने बताउनुभयो ।

संघीय तथा प्रशासनमन्त्री हृदयेश त्रिपाठी समेत यस विधेयकको विरोधमा रहेपनि नेकपाले राज्य वयवस्था तथा सुशासन समितिमा बहुमतको दम्भमा पारित गर्न लागेको विधेयकप्रति कर्मचारी संघ संगठनहरुले गर्ने हरेक आन्दोलनमा साथ दिने प्रतिवद्धता जनाउदै संघीयतालाई टिकाएर प्रदेश २ ले मात्रै राखेको उल्लेख गर्नुभयो ।

प्रदेश २ का सरकार अहिलेपनि आन्दोलनमा नै भएको मन्त्री मण्डलले पटक पटक दोहोराउनु हुँदै भन्नुभयो, वर्तमान संघीय सरकार असफल भइसकेको छ । भारतसँगको सास्कृतिक सम्बन्ध तोड्न अनावश्यक बयानवाजीमा लागेको सरकार धेरै दिन टिक्न सक्दैन । मधेश आन्दोलनको भावना र लोकतन्त्रको म्यान्डेड अनुसार चलेन भने सरकार निश्चित ढल्नेछ । कर्मचारीहरुले अधिकारको कुरा गर्दा कर्तव्य पनि भुसुक्कै विर्सन नहुने सचेत गराउदै जनतासँग मिठो शैलीमा प्रस्तुत भएर जनसेवी हुन पनि उहाँले आग्रह गर्नुभयो ।

suresh mandal.3 photo
निजामति कर्मचारी मञ्चका केन्द्रिय अध्यक्ष भुवनेश्वर चौधरीले सरकारले वृति विकास रोक्नको लागि अहिले विरोधमा उत्रेको भन्दै विरोधको लागि जनता समाजवादी पाटीसँग समेत सहकार्य गर्ने बताउनुभयो ।
मञ्चका महासचिव वेचन महतोले अन्तरक्रिया आन्दोलनको तयारी हो,विधेयक हाम्रो हक हितमा नआए निर्णयक आन्दोलन गर्न तयारी अवस्थामा रहन कर्मचारीहरुसँग आग्रह गर्नुभयो ।

suresh mandal.2 photo
निजामति कर्मचारी मञ्च सिरहाका अध्यक्ष अमरेन्द्र यादवले कर्मचारीहरुको अधिकारिक ट्रेड युनियनले राखेका १७ बुँदे माग जिल्ला प्रशासन कार्यालय सिरहा मार्फत पठाउन तयारी भइरहेको बताउनुभयो ।

 

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A