कोभिड–१९ रेस्पोन्स कार्यक्रम अन्तर्गत लहान नगरपालिकालाई लाखौ मूल्यका सामग्री हस्तान्तरण

  • साउन ५, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी÷ फिरोज सिद्धिकी
लहान नगरपालिकामा वाटर एड अन्तर्गत विकन परियोजनाको सहयोगमा लदित जनकल्याण युवा क्लव लहानको सक्रियतामा कोभिड –१९ मा चाहिने आवश्यक स्वास्थ्य सामग्री एक कार्यक्रमको बीच लहान नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।


हस्तान्तरण कार्यक्रममा नगरप्रमुख मुनि साहले सामग्रीहरु ग्रहण गर्दै विकन परियोजना र दलित जनकल्याण युवा क्लवलाई धन्यवादज्ञापन गर्दै यस परियोजनाबाट लहानको स्वच्छता, सरसफाई र खानेपानीको लागि करोडौको रकम सहयोग भएको जानकारी गराउनुभयो ।

nagarpalika news  saun 5  photo 2
उहाँले भन्नुभयो, परियोजना र क्लवले गरेको सहयोग दीर्घ कालसम्म अविस्मरणीय रहने छ । लहानको १ देखि १० नम्वर वडासम्मका गरीव दलित बस्तीमा शुद्ध खानेपानीको प्रबन्ध,सामुदायिक शौचालय निर्माण विभिन्न चेतनामूलक कार्यक्रम,विद्यालयहरुमा खानेपानीको प्रवन्ध , विधार्थीहरुमा स्वच्छताको लागि विभिन्न बाल क्लव गठन लगायतका उपयोगी कार्यक्रमहरुको जति वर्णन गरेपनि थोरै हुनेछ । अहिले कोभिड –१९ को महामारीको समयमा स्वास्थ्य चौकी,क्वाराइटाइन र विभिन्न सार्वजानिक स्थलहरुमा हात धुने आधुनिक ट्याङकी सेनिटाइजरको व्यवस्थाले लहान नगरपालिकाले लिएको सुन्दर समृद्ध लहान बनाउने उद्येश्यमा सहयोग पुगेको छ ।

nagarpalika news  saun 5.photo #

दलित जन कल्याण युवा क्लवको अध्यक्ष उमेश विसुन्केले १८ लाख मूल्य बराबरको हाइजिन किट,सावुन,स्यानेटेरीप्याड,वाटर फिल्टर,बाल्टिन,शौचालय सफा गर्ने औषधी लगायतका सामहस्तान्तरण गरिएको जानकारी दिनुभयो ।
हस्तान्तरण कार्यक्रममा कार्यक्रमका संयोजक किरण ढुङगनाले लहान नगरपालिकामा परियोजनाको कार्यक्रम संचालनमा नगरपालिकाबाट सहयोग पाएर सफल हुन गइरहेको बताउनुभयो ।

nagarpalika news  saun 5.photo 4

 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A