गाँउपालिकाको कामबाट स्थानीय खुसी,हिलो र धुलोमुक्त गाँउ बन्दै हरिनगर

  • साउन ७, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी ÷फिरोज सिद्धिकी
लहान,लक्ष्मीपूर पतारी गाँउपालिकाको वडा नम्बर ३ हरिनगर गाँउ हिलो र धुलोमुक्त गाँउ बनाउने गरी वडाको तर्फबाट काम अगाडि बढाएको छ । गाँउमा नाला निर्माण, आरसिसी पक्की सडक ढलान र पोखरीको सौन्दर्यकरणले गाँउको मुहार नै परिवर्तन भएकोमा स्थानीयहरु खुसी भएका छन् ।


७० वर्षिय देव लोचन मण्डलले खुसी साट्दै भन्नुभयो, सोचेका थिएनौ यस गाँउमा पककी सडक, शहरको जस्तो व्यवस्थित नाला बन्ला तर वडाध्यक्ष हनुमान मण्डलले गरेर देखाइ दिनुभयो । गाँउपालिका अध्यक्ष राम बल्लभ साह र यस गाँउबाट जनता समाजवादी पार्टीको केन्द्रिय नेता समेत रहनु भएको राज कुमार (राजु) गुप्ताको पहलमा भएको विकासले गाँउको मुहार नै बदलिदियो ।


अर्का स्थानीय आशाराम ठाकुर भन्नुहुन्छ,यस वर्ष अन्य जिल्ला महोत्तरी सप्तरी र सिरहाकै अन्य पालिकाहरुबाट आउने अतिथि नातेदारहरुले गाँउ प्रवेश गर्ने वित्तिकै क्या राम्रो विकास । यस्तै वडाध्यक्ष गाँउपालिका अध्यक्ष हाम्रोतिर पनि भइ दिएको भए हुन्थ्यो । केहि वर्ष अगाडि यहि गाँउमा एम्बुलेन्स र बारुण यन्त्र समेत आउन नसक्ने अवस्था थियो । अहिले त यस्तो व्यवस्थित नाला र मजबूत सडक त कति नगरपालिकामा पनि समेत छैन ।

laxmipur patari news.# photo
वडाध्यक्ष हनुमान मण्डलका अनुसार वडामा निर्वाचित भएर पहिलो वर्ष माटो ग्रभेलको प्रयोग गरेर सडक निर्माण गरे वर्षाको समयमा सडकमा हिलै हिलो भयो । अर्को वर्षदेखि म आफ्नो कार्यकालमा हिलो र धुलोमूक्त सडक निर्माण र खेतखेतमा विद्युतीकरण गर्ने संकल्प गरेर काम थाले । यस वर्ष ५४० मिटर सडक ढलान र नाला निर्माण सम्पन्न गरेका छौ । अर्को वर्षदेखि बाँकी रहेको ढलान र नाला निर्माणमा केन्द्रित भएर काम गर्ने योजनामा छौ ।


जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य समेत रहनु भएको राज कुमार गुप्ताल भन्नुभयो,आफ्नै दलका गाँउपालिका अध्यक्ष राम बल्लभ साह र वडाध्यक्ष हनुमान मण्डलले दिएको सल्लाह अनुसार गरेको विकास निर्माणले हरिनगर गाँउको मुहार नै फरिएको छ । सडक टलान र नाला निर्माण कार्य अति नै ठोस र दिर्घकालिन रुपमा चल्ने विकास निर्माणले स्थानीय खुसी भएपनि असार १९ गते हाजिर हुनुभएको प्रशासकीय अधिकृत सुजित कुमार यादव नियमित रुपमा कार्यालयमा नबसेर सम्पन्न योजनाहरुको भुक्तानीको लागि चेक काट्न नमामनेकोले ठूलो समस्या देखिएको छ । उहाँले गाँउपालिकामा नियमित रुपमा बसेर पद अनुसारको आचरण र परिपक्ता देखाएर काम सम्पन्न गरेका योजनाहरुको भुक्तानी दिन आलटाल नगर्न हाम्रो आग्रह छ ।

laxmipur patari news.2 photo
गाँउपालिका अध्यक्ष राम बल्लभ साहले १९ असारमा हाजिर हुनुभएको प्रशासकीय अधिकृत सुजित कुमार यादवले असार ४ गतेकै मितिमा बैंकमा खाता रोकेर विकास निर्माण ठप्प पार्न लागि रहनु भएको छ । नियमित कार्यालय नआउनु आएपनि एक आध घण्टा बसेर बहाना देखाएर गइहाल्ने गरेको भन्दै नौ करोडको सम्पन्न योजनाहरु सयौ उपभोक्ता समितिबाट भएको कार्यहरु मध्ये दसबटा चेकमा मात्रै हस्ताक्षर गरेर बाँकी चेकमा हस्ताक्षर नगर्दा उपभोक्ता समितिहरु हैरान भएको बताउनुभयो ।

laxmipur patari news.4 photo
यता प्रशासकीय अधिकृत यादवले सबै योजनाको अनुगमन गरेर मात्रै चेकमा हस्ताक्षर गर्ने र भुक्तानी दिने जानकारी गराउनुभयो ।

 

 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A