पानी उद्योगमा लहान नगरपालिकाबाट अनुगमन

  • साउन ९, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी ÷ फिरोज सिद्दिकी

लहान,लहान नगरपालिकामा उत्पादित प्रशोधित पानीमा फोहोर भेटिएपछि लहान नगरपालिकाले अनुगमन सुरु गरेको छ ।

लहान नगरपालिकामा आपूर्ति भइरहेको सीता मिनरल वाटर फैक्ट्रीबाट उत्पादित अकाशगंगा पानीको प्याक बोटलमा नै फोहोर र कमिला रहेको भेटिएपछि विहिबार लहान नगरपालिका उपप्रमुख सरियार कुमारी चौधरीको नेतृत्वमा अनुगमन गरिएको हो ।

khanepani news 9.photo 5

नगर उपप्रमुख चौधरीका अनुसार अनुगमन गर्दा साँगुरो ठाँउमा पानी उत्पादन भइरहेको, सरसफाइमा कमि रहेको, पानी प्याक गर्नको लागि राखिएको खाली बोतलहरु अव्यवस्थित तरिका जत्र तत्र रहेको पाइको छ ।

उहाँले पानीको गुणस्तरमा कुनै सम्झौता गर्न नमिल्ने भन्दै लहान लहानमा रहेका अन्य पानी उद्योगहरुमा पनि नियमित अनुगमन गरिने विश्वास दिलाउनुभयो ।
लहान नगरपालिका स्वास्थ्य शाखा प्रमुख राम सुन्दर यादवले संकलित पानीको नमूना जाँचको लागि जनकपूर स्थित प्रयोगशालामा पठाउने तयारी भइरहेको जानकारी दिँदै पानीजन्य रोगबाट लाग्ने विभिन्न सरुवा रोगबाट जोगिन पानीको शुद्धिकरणको लागि नगरपालिकाले अनुगमन थाल्नुले राम्रो सन्देस प्रवाह भएको बताउनुभयो ।

khanepani news 9.photo 2

लहान नगरपालिकाले विभिन्न पानी फैक्ट्रबिाट उत्पादित पानीको गुणस्तरीय जाँचको लागि गरेको अनुगमन सराहनीय रहेको स्थानीयहरुले बताएका छन् ।

khanepani news 9.photo 3

khanepani news 9.photo 4

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A