‘चुनावी प्रतिवद्धता पुरा गर्नेछु’

  • श्रावण १०, २०७७
  • समृद्धिपथ
alt

लहान नगरपालिका प्रमुख मुनि साहसँग समृद्धिपथ अनलाइनका लागि पत्रकार जीवछ उदासीले लहान नगरपालिकामा भइरहेका विभिन्न गतिविधिहरुको बारेमा लहान नगरप्रमुख मुनि साहसँग गरेको छोटो कुराकानी केही अंशः

० ‘हाम्रो लहान, समृृद्ध लहान’को नारा अनुसार कति काम अघि बढेको छ ?

– लहान नगरपालिकालाई समृद्ध र सुन्दर बनाउने योजना प्रमुखताको साथ अघि बढिरहेको छ । विकास भनेको क्रमिक रुपमा हुने प्रक्रिया हो । दीर्घकालिन विकासका योजनाहरु लहान नगरपालिकाले अघि बढाई सकेको छ । भनेकै समयमा टेण्डर ठेक्का हुन नसक्ने भएपनि दु्रत गतिमा काम नहुनुले सोचे अनुसारको गति बढ्न नसक्नुमा यस वर्ष कोरोना महामारीले पनि समस्या भयो । लकडाउनमा चाहेर पनि विकास निर्माण गर्न सकिएन । तर नगरपालिकाले योजना सम्पन्न गर्न प्रयासरत रहेको छ । चुनावमा गरेका ९० प्रतिशत प्रतिवद्धताहरु पुरा गरी छाडने छु ।

० ९० प्रतिशत चुनावी प्रतिवद्धता बाँकी रहेको समयमा पुरा गर्न त चुनौती नै होला नि ?

– जनप्रतिनिधिहरु चुनौतीसँग डराउनु हुँदैन । चुनौतीलाई सामना गर्नुपर्छ । आइपर्ने हरेक चुनौतीहरुलाई सामना गर्दै काम गरेर देखाउन प्रतिवद्ध छौं । करीब–करवि सबै योजनाहरु अघि बढिसकेको छ । यसको लागि २४ वटै वडाहरुसँग निरन्तर समन्वय गरेर गृहकार्य भइरहेको छ । विगत वर्षहरुमा लागेका पक्की सडक निर्माण, शहरी सौन्दर्यकरणका कामहरुमा ठेकेदारहरुले देखाएको ढिलासुस्तीप्रति नगरपालिका सचेत भएर केहि समय थपेर योजनाहरु सम्पन्न गर्न समयसीमा तोकि सकेको छ । अधुरा कामहरु सम्पन्न भएपछि काम आफै बोल्छ, मलाई बोल्नै पर्दैन । बाँकी दस प्रतिशत काममा हवाई मैदान संचालन र चिडियाखाना प्रदेश र संघीय सरकारको सहयोग भए त्यो पनि संभव हुनेछ, यसको लागि पनि प्रयासरत रहेको छु ।

० विकास भनेको सडक निर्माण मात्रै होइन सामाजिक न्याय र सामाजिक जागरण पनि हो, यसतर्फ कतिको ध्यान दिनु भएको छ ?

– सहि प्रश्न गर्नुभयो, विकास भनेको भौतिक र सामाजिक दुबै हुनुपर्छ । यसमा लहान नगरपालिका सचेत भएर काम गरिरहेकै छ । सामाजिक न्यायको क्षेत्रमा नगरउपप्रमुख सरियार चौधरी ज्यूको संयोजकत्वमा रहेको न्यायिक समिति, सामाजिक विवादहरु स्थानीय रुपमा सामाधान गर्न प्रत्येक वडामा मेलमिलाप समिति गठन गरेर कामहरु भइरहेको छ । सामाजिक एकता, सदभाव र समन्वय कायम गरेर वडाध्यक्षहरुले पनि सक्रिय भूमिका निर्वाह गरिरहनु भएको छ ।

० कोभिड–१९ को कारण बन्दाबन्दीको समयमा नगरपालिकाले गरिएको राहत वितरणमा कमिकमजोरी भएको सामाजिक सञ्जाल, पत्रपत्रिकाहरुमा आएको जन गुनासोलाई कसरी लिनु भएको छ ?

– लहान नगरपालिकाले गरीव दलित बस्तीमा आउन सक्ने मानवीय समस्याहरुप्रति गम्भीर भएर राहत वितरणको प्याकेज समयमा नै ल्याएपनि नगरपालिकालाई बदनामी गराएर राजनीतिक रोटी सेक्नेहरुले षडयन्त्र गरियो । नगरपालिकालाई बदनाम गर्ने प्रयत्न पनि भयो तर सत्य लुक्दैन । नगरपालिकाले वितरण गरेको राहत प्याकेज सहि नै भएको सावित भैसेकोले यसमा यो भन्दा वढी टिका टिप्पणी गर्न आवश्यक छैन । कोरोनाको कारण विकासका योजनाहरु समयमा सम्पन्न हुन केहि जटिलताहरु पक्कै देखिएको छ ।

० २०७६÷०७७ को कार्यक्रममा प्रमुख योजनाहरु संचालन गर्ने लक्ष्यहरु लिइएको थियो । ती गौंरवका योजनाहरु कति संचालनमा आयो कति आउन बँकी छ ?

–धेरै महत्पूर्ण जिज्ञासा राख्नुभयो । नगरवासीहरुलाई कार्यक्रमहरुको बारेमा यस लोकप्रिय मिडियाको माध्यमबाट जानकारी गराँउदा आम नगरवासीहरुको कौतहुल्ता र जिज्ञासा मेटने विश्वास पनि वयक्त गर्न चाहन्छु । नगरसभा हल निर्माणको ठेक्का लागि सकेको छ, खुटी नहर संचालनको लागि ठेक्का भैसकेको छ, यसैगरी तरकारी बजार, नयाँ बजार, महिला प्राविधिक विद्यालय, एकिकृत दलित बस्ती निर्माण कार्य लहान ५ मा तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत सम्पन्न भैसकको छ भने यस वर्ष लहान ११ मा पनि यो कार्यक्रम सम्पन्न हुँदैछ । लहान २३ बथनाहामा बजारको लागि भवन निर्माण, विभिन्न वडाहरुमा स्वास्थ्य चौकी, वडा कार्यालय, बस पार्क त संचालनमा नै आइसक्यो । रिंगरोड सिमांकन अघि वढेको छ । कृषि सडकहरु निर्माण, डिजिटल विद्यापति पुस्तकाय निर्माण, वाटरएडसँग विकन परियोजना अन्र्तगतका लहानका १० वटै वडाहरुमा खानेपानी स्वच्छता कार्यक्रमहरु रहेका छन् ।

० लहान नगरपालिकाले सामुदायिक विद्यालयहरुको प्राथमिक तहका शिक्षकहरुको समूहगत सरुवा गरिएको सुनिएको छ । सरुवाले शिक्षकहरुमा त्रास देखिएको छ । यसबारे के भन्नुहुन्छ ?

–सामुदायिक विद्यालयको सुधार लहान नगरपालिकाको प्राथमिकतामा रहेको छ । सुधारकै लागि सरुवा गरेर नयाँ उमंगका साथ काम हुनेछ । यहि ठहर गरेर सरुवाको प्रक्रियालाई अगाडि बढाएको हो । सरुवाबाट त्रर्सिने आवश्यक्ता नै छैन । सामुदायिक विद्यालय सुधार र गुणस्तरीय शिक्षाको लागि शिक्षक सरुवा पनि हुनुपर्ने विभिन्न बौद्धिक व्यक्तित्व र शिक्षकहरुबाट समेत सुझाव आएकोले यसलाई प्रयोगमा ल्याउन लागेका छौं । यसबाट भयभित हुन जरुरी छैन् ।

० अन्तयमा नगरवासीहरुलाई के भन्नुहुन्छ ?

–यतिवेला कोरोना संक्रमण छिमेकी जिल्लाहरुमा सामुदायमा नै फैलिएको अवस्थाहरु देखिएको छ । लकडाउन खुल्ला भएको यस अवस्थामा सचेत भएर जनहितमा जारी सुचनाहरुलाई ध्यानमा राखेर सुरक्षित रहन सबै नगरवासीमा हार्दिक अपील गर्दछु । घरबाहिर निस्किदा मास्क अनिवार्य लगाउन सम्पूर्ण नगरवासीमा अनुरोध गर्न चाहन्छौं ।

कर्जन्हा नगरपालिकाका ...

सिरहा, १४ गते बुधबार । सिराहाको कर्जन्हा नगरपालिकाका तत ...

प्रेस चौतारी नेपाल स ...

फिरोज सिद्दिकी लहान, फागुन ११ गते । प्रेस चौतारी नेपाल ...

कलावञ्जर मुसहर समुदा ...

  जीवछ उदासी  लहान,चैत ५ गते ।  लहान ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A