कृष्णा टोल सुधार समितिका अध्यक्षमा कुशेश्वर चौधरी

  • साउन १२, २०७७
  • समृद्धिपथ
alt

- एलबी यादव

लहान । लहान नगरपालिका वडा नम्बर १ मा दोस्रो कार्यकालको लागि कुशेश्वर चौधरीको अध्यक्षतामा कृष्णा टोल सुधार समिति गठन भएको छ ।
कृष्णा टोलका भरभलादमीको उपस्थितिमा दोस्रो कार्यकालको लागि समिति चयन भएको हो ।

समितिको उपाध्यक्षमा फुलेश्वर महतो, सचिवमा रामु यादव, सहसचिवमा प्रदिप सिंह र कोषाध्यक्षमा मनोज साही रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा सूर्यनाथ यादव, जुगुत दास, जामुन दास र विणा यादव रहेका छन् भने पदेन सदस्यमा निवर्तमान अध्यक्ष जयकृष्णा यादव रहेका छन् ।

त्यसैगरी सल्लाहकारहरुमा शिव कुमार दास, प्रकाश साह, जसकरण दास, रामवली महतो रहेका छन् । प्ररायु संघका भूतपूर्व केन्द्रिय उपाध्यक्ष तथा नेकपाका यूवा नेता सत्य नारायण यादवको विशेष अनुगाईमा समिति गठन भएको थियो ।

नव गठित समितिका अध्यक्ष चौधरीले निवर्तमान समितिको कामको सराहना गर्दै आफ्नो कार्यकाल कुशल र पारदर्शि रहने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले स्थानीय सरकारको सहयोगमा विकासमा अति पछि परेका कृष्णाटोलको आवश्यक विकासात्मक कार्यको लागि चौविसौं घन्टा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

लहान मटियर्वा माधोपुर सडकदेखि पश्चिम राजमार्गदेखि दक्षिण र नहरदेखि उत्तरमा अवस्थित चार सय घरधुरी रहेको बस्तीलाई कृष्णा टोल भनेर चिनिने गरेको हो ।

२०५९ सालमा बसेको वुजुर्ग व्यक्तिहरुको बैठकबाट उक्त टोलमा कृष्णाा मन्दिर निर्माण गर्ने सोच बनाएका थिए र त्यसैका आधारमा यो टोलको नाम कृष्णा टोल हुन गएको स्थानीय संतोष सुवेदीले जनाएका छन् ।

 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A