सिरहा प्रहरीद्वारा कोरोनाबाट जोगिन मास्क वितरण (फोटो सहित)

  • श्रावण १३, २०७७
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

सिरहा । महामारीको रुपलिदै गरेको कोरोन भाइरस अब नेपालमा अर्को चरणमा पुगेको छ । सिरहाका छिमेकी जिल्लाहरुमा यसको प्रभाव बढन थालेपछि भाइरसबाट जोगिन सिरहा प्रहरीले मास्क वितरण सुरु गरेको छ ।

मंगलवार सिरहा प्रहरीले मास्क विना मोटरसाईकल वा पैदल हिड्ने सर्वसधारणलाई रोकेर मास्क वितरण गर्नुका साथै चेतना मुलक माइकिंग गरेका हुन् ।

मास्क नभएका व्यक्तिलाई उपलब्ध गराएको र मास्क राखेर पनि प्रयोग नगर्नेलाई प्रयोग गर्न जनचेतना फैलाउन लागेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

मास्क प्रयोग नगर्दा कोरोना भाइरस सर्ने जोखिम बढेकाले जनचेतना अभियान चलाएको उहाँको भनाई छ ।

उहाँले जिल्ला प्रहरी कार्यालय तथा मातहतको प्रहरी युनिटहरुबाट जिल्लाको विभिन्न ठाउमा गई ७ सय ५० जनालाई मास्क वितरण गरेको जानकारी दिनुभयो ।

कोरोना भाईरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागी आफुपनि बाँचौ, अरुलाई पनि बचाँऔ, भिडभाड नगरौं, जथाभावी हिडडुल नगरौं, काम बिशेषले बाहिर जानु परेमा अनिवार्य रुपमा माक्सको प्रयोग गरौं, हात साबुन पानीले बेला–बेलामा राम्ररी धुने गरौं वा सानिटाईजर प्रयोग गरौं, सामाजिक दुरी कायम गरौं भन्ने सचेतनामुलक नारा सहित माईकिङ् समेत गरिएको जनाउनु भयो ।

माक्स वितरण गरेको फोटो (8) माक्स वितरण गरेको फोटो (13) माक्स वितरण गरेको फोटो (17) माक्स वितरण गरेको फोटो (20) माक्स वितरण गरेको फोटो (18) माक्स वितरण गरेको फोटो (23) माक्स वितरण गरेको फोटो (24) माक्स वितरण गरेको फोटो (25) माक्स वितरण गरेको फोटो (26)

अज्ञात समूहद्वारा लु ...

फिरोज सिद्दिकी लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यव ...

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A