सिरहा प्रहरीद्वारा कोरोनाबाट जोगिन मास्क वितरण (फोटो सहित)

  • साउन १३, २०७७
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

सिरहा । महामारीको रुपलिदै गरेको कोरोन भाइरस अब नेपालमा अर्को चरणमा पुगेको छ । सिरहाका छिमेकी जिल्लाहरुमा यसको प्रभाव बढन थालेपछि भाइरसबाट जोगिन सिरहा प्रहरीले मास्क वितरण सुरु गरेको छ ।

मंगलवार सिरहा प्रहरीले मास्क विना मोटरसाईकल वा पैदल हिड्ने सर्वसधारणलाई रोकेर मास्क वितरण गर्नुका साथै चेतना मुलक माइकिंग गरेका हुन् ।

मास्क नभएका व्यक्तिलाई उपलब्ध गराएको र मास्क राखेर पनि प्रयोग नगर्नेलाई प्रयोग गर्न जनचेतना फैलाउन लागेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

मास्क प्रयोग नगर्दा कोरोना भाइरस सर्ने जोखिम बढेकाले जनचेतना अभियान चलाएको उहाँको भनाई छ ।

उहाँले जिल्ला प्रहरी कार्यालय तथा मातहतको प्रहरी युनिटहरुबाट जिल्लाको विभिन्न ठाउमा गई ७ सय ५० जनालाई मास्क वितरण गरेको जानकारी दिनुभयो ।

कोरोना भाईरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागी आफुपनि बाँचौ, अरुलाई पनि बचाँऔ, भिडभाड नगरौं, जथाभावी हिडडुल नगरौं, काम बिशेषले बाहिर जानु परेमा अनिवार्य रुपमा माक्सको प्रयोग गरौं, हात साबुन पानीले बेला–बेलामा राम्ररी धुने गरौं वा सानिटाईजर प्रयोग गरौं, सामाजिक दुरी कायम गरौं भन्ने सचेतनामुलक नारा सहित माईकिङ् समेत गरिएको जनाउनु भयो ।

माक्स वितरण गरेको फोटो (8) माक्स वितरण गरेको फोटो (13) माक्स वितरण गरेको फोटो (17) माक्स वितरण गरेको फोटो (20) माक्स वितरण गरेको फोटो (18) माक्स वितरण गरेको फोटो (23) माक्स वितरण गरेको फोटो (24) माक्स वितरण गरेको फोटो (25) माक्स वितरण गरेको फोटो (26)

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A