समृद्धिपथ समाचारदाता
लहान । सप्तरीको सरुङ्गा नगरपालिकाका प्रमुख मुक्तिनाथ चौधरीले लैंगिक हिंसा न्युनिकारणका लागि सबैपक्ष सक्रिय हुनुपर्ने बताउनु भएको छ ।
सहज परियोजना सल्लाहकार समिति सुरुङ्गाको बैठकलाई सम्बोधन गर्दै नगरप्रमुख चौधरीले लैंगिक हिंसा अन्त्यका लागि कुनै एकपक्ष मात्र लागेर नहुने बताउँदै यसको विरुद्धमा सबै पक्ष इमान्दारी पूर्वक जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभयो ।
युकेएडको आर्थिक सहयोगमा भिएसओ नेपाल र इन्टरनेशनल अलर्टको साझेदारीमा समग्र जन उत्थान केन्द्र लहानद्धारा प्रदेश २ को ६ जिल्लाका १४ वटा पालिकामा सञ्चालित सहज परियोजना सञ्चालनमा रहेका छन् । समाजमा लैंगिक हिंसा उन्मुख संकटलाई सम्बोधन गर्ने लक्ष्यका साथ सञ्चालित सहज परियोजना अन्तरगत सप्तरीको सरुङ्गा नगरपालिका १ र ३ मा लैंगिक हिंसा विरुद्ध सचेतनाका लागि विभिन्न किसिमको कार्यक्रमहरु सञ्चालनमा रहेका छन् ।
सल्लाहकार समितिका संयोजक समेत रहेका सुरुङ्गा नगरपालिकाका उपप्रमुख विन्दाकुमारी पासवानको अध्यक्षतामा सरुङ्गा नगरपालिकाको कदमाहा स्थित न्यायिक समितिको कार्यालयमा आइतवार सम्पन्न सहज परियोजना सल्लाहकार समितिको बैठकमा परियोजनाको वार्षिक समीक्षा तथा आगामी योजनाको बारेमा छलफल भएको स्थानीय सहजकर्ता प्रियंका साहले जानकारी दिनुभयो । सो बैठकमा सहज परियोजनाका कार्यक्रम अधिकृत रामभरोसी महतोले लिखित रुपमा विगत एक वर्षमा गरिएको क्रियाकलाप र आगमी योजनाको बारेमा प्रकाश पार्नु भएको थियो ।

यस्तै सोमवार सिरहको सिरहा नगरपालिकामा सन्पन्न सहज परियोजना सल्हाकार समितिको बैठकमा सहभागी सरोकारवलाले सहज परियोजना सफलता उन्मुख रहेको बताउनुभयो । समाजमा लैंगिक हिंसा विरुद्ध सचेतनामा अभिवृद्धि भएकोले सरोकारवला निकायमा उजुरी गर्नेको संख्यामा समेत वृद्धि भएकोले सहज परियोजना सफलता उन्मुख रहेको सहभागीहरुले जोड दिएका छन् । सिरहा नपा ७ का वडा अध्यक्ष उपेन्द्र साहको अध्यक्षतामा भएको बैठकमा सिहरा नपाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादव, जिल्ला प्रहरी कार्यालय सिरहाका महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका प्रमुख प्रहरी निरीक्षक बेचन यादव, सिरहा नपाका महिला तथा बालबालिका शाखाकी जीवन थापा मगर, सञ्चारकर्मी अनिरुद्ध ठाकुर, बद्रिनारायण यादव लगायतको सहभागिता रहेको थियो ।
यस्तै मंगलवार सप्तरीको बोदेवरसाइन नगरपालिकामा पनि सहज परियोजनाको सल्लाहका समितिको बैठक सम्पन्न भएको छ । बोदेवरसाइन नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष एवम् समितिका सदस्य मों मोजिवुर रहमानको अध्यक्षतामा सम्पन्न बैठकमा न्यायिक समिति, इप्रका बोदेवरसाइन, आमा समुह, किशोरी समुह, लैंगिक हिंसा नियन्त्रण सञ्जालको प्रतिनिधिहरुको सहभागिता रहेको थियो । बैठकमा समग्र जन उत्थान केन्द्रका सहज परियोजना व्यवस्थापक कृष्णकुमार सहले सहज परियोजनाको वाषिर्कक कार्यक्रमको समीक्षा तथा आगामी योजनाको बारेमा प्रकाश पार्नुभएको थियो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A