बरियारपट्टी गाउँ पालिकालाई समृद्ध पालिका बनाउने : गापा अध्यक्ष महतो

  • साउन १५, २०७७
  • समृद्धिपथ
alt

शिवकुमार साह

लहान । सिरहाको अति विकट गाउँ पालिकाको रुपमा चिनिने बरियारपट्टी गाउँ पालिकालाई समृद्ध पालिका बनाउने गाउँ पालिका अध्यक्ष सन्तोष कुमार महतोले बताउनु भएको छ ।

बुधबार पत्रकारहरुसंग कुरा गर्दै अध्यक्ष महतोले विगत तीन वर्षदेखिको अथक प्रयासले विभिन्न बाधा र चुनौतिहरुको सामना गर्दै गापाको चौतर्फि विकास गर्न सफल भएको बताउनु भएको हो ।

वहाँले वाडा नम्बर १ नरगीमा ३५ लाख बराबरको र वाडा नम्बर ४ तेनवापट्टीमा ४० लाख बराबरको सुविधा सम्पन्न बर्थिङसेन्टर निर्मान गरेर स्वास्थ क्षेत्रमा प्रत्यक्ष लाभ किसिमको योजनाहरु सम्पनन गरेको जानकारी दिनुभयो ।

त्यसैगरी आकासे पानिको भरमा किसानहरु खेतिगर्ने बध्यतालाई सहज गर्न सबै वाडामा कृषि विधुतिकरणमा गापा वाट १५ शय विजलीपोल, दुई ट्रान्सफरमर तथा विधुत कार्यलयसँग सहकार्य गरेर २ ट्रान्सफरमर जडान गरि लाईन सुचारु गरिएको छ । किसानहरुको खेतसम्म सजिलैसँग आवत जावत गर्न दर्जनौं कृषि सडक निर्माण गरेको गाउँपालिका अध्यक्ष महतो जानकारी दिनुभयो ।

स्थानीय वासिन्दा मिथलेष यादवका अनुसार यस गापामा कसैको घरमा विवाह या कुनै सार्वजनिक काम काज हुँदा हामीलाई निकै समस्या भोग्नु पथ्र्यो । यहिले जानकी नगर, तेनवापट्टी, खोक्सि, कजरा, श्रीपुर लगात दलित वस्तिहरुमा सुविधा यूक्त सामुदायिक भवन निर्माण काम अन्तिम चरणमा पुगेको छ भने कतै सम्पन्न भएको छ । यस गापा भित्र रहेको श्री जनता नमुना माध्यमिक विद्यालय बरियारपट्टिको विकासमा गापा अध्यक्षको भूमिका प्रसशंनिय रहेको छ । छात्र छात्राहरुलाई विद्यालयसम्म आउनका लागि प्रत्येक वाडामा आरसीसी र पिसीसी सडक ढलानको काम गर्नु भएको छ । यहिले करिव आठ हजार मिटर काम सम्पन्न भैसकेको छ । जसवाट स्थानीय वासिन्दा खुशी भएका छन् ।

अध्यक्ष महतो भन्नू हुन्छ यूवाहरुका लागि २१ लाख बराबरको सामूदायिक दलान निर्माण काम अन्तिम चरणमा रहेको छ । अब यस आर्थिक वर्षमा सुविधा सम्पन्न पुस्तकालय निर्माण गरि शिक्षा प्रतिको अभिरुचि बढाएर समृद्ध गापा बनाउने छौं । यसको लागि सबै पक्षको सहयोगको अपेक्षा गरेको छु ।

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A